त्रिवेणी कप फुटबल : डिफेण्डिङ च्याम्पियन रामपुर रड्स बाहिरियाे




लमजुङ । बेंसीशहरमा जारी ३१ औं त्रिवेणी कप राष्ट्रब्यापी खुला नकआउट फुटबल प्रतियाेगिताबाट डिफेण्डिङ च्याम्पियन रामपुर रड्स बाहिरिएकाे छ ।

मंगलबार सहजी खेलमैदानमा भएकाे खेलमा पाेखराकाे एलजी एसाेसियसनसंग २–१ काे अन्तरले हार ब्यहाेर्दै डिफेण्डिङ च्याम्पियन रामपुर रड्स प्रतियाेगिताबाट बाहिरिएकाे हाे । खेलकाे अन्तिम समयमा सम्हालिन नसक्दा रामपुर प्रतियाेगिताबाटै बाहिरिन पुगेकाे हाे ।

खेलमा मध्यान्तरअघि सम्म १–० ले अगाडि रहेकाे रामपुरका लागि खेल शुरू भएकाे ५ मिनेटमै जर्सी नंं १०  का विक्की चाम्लिङ राइले गाेल गरेका थिए । त्यसपछि मध्यान्तरसम्म कुनै पक्षबाट गाेल हुन सकेन । दाेस्राे हापकाे १७ औं मिनेटमा एलजीका विदेशी खेलाडी जर्सी नंं ९ का जाेन ग्लाेरीले डिबक्सबाट गरेकाे प्रहारलाइ राेक्ने क्रममा रड्सका राम शाहीले हातले राेक्न पुगे । यसबाट उनले एम्पायरबाट राताे कार्ड पाएर खेलबाट बाहिरिनु पर्याे । उनी खेलबाट मात्रै बाहिरिएनन्, एलजीले पेनाल्टी सुटसमेत पायाे । यही पेनाल्टीलाइ सदुपयाेग गर्दै एलजीका लागि सराेज टिटुङले खेललाइ बराबरीमा ल्याउन सफल भए ।

राम शाहीले राताे कार्ड पाएपछि १० खेलाडीमा सिमित भएकाे रड्सका खेलाडी बिचलित भएनन् । एलजीलाइ थप गाेल गर्न राेकेर खेललाई ट्राइबेकरमा पुर्याउन उनीहरूले अथक मेहनेत गरे, जसका कारण खेल निकै राेमाञ्चक बन्याे ।

१–१ गाेलकाे बराबरीमा खेलकाे निर्धारित समय सकिएपछि एम्पायरले ७ मिनेटकाे समय थप गरेर खेल खेलाए । त्यसकाे अन्तिम समयमा एलजीका जर्सी नंं १० का खेलाडी अाशिषले डि एरियाबाट दिएकाे पासलाइ उत्कृष्ट ढंगले सम्हाल्दै जर्सी नं ३० का खेलाडी मनाेज गुरूङले उत्कृष्ट गाेल गरेर टीमलाइ क्वार्टर फाइनलमा पुर्याए ।

मंगलबारकै खेलमा सामना युवा क्लव तुरतुरेविरूद्ध ३–१ काे जीत निकाल्दै लालीगुराँस युवा क्लव भुजुङ पनि क्वार्टरफाइनलमा प्रवेश गरेकाे छ । भुजुङका लागि पहिलाे गाेल निरज चाैधरीले पहिलाे हापकाे २६ औं मिनेटमा गरे । दाेस्राे हापकाे २७ औं मिनेटमा विदेशी खेलाडी डिजिटेले थप एक गाेल गरे । त्यस्तै दाेस्राे हापकाे ३७ औं मिनेटमा सुशिल लामाले डिबक्स बाहिरबाट दिएकाे पासलाइ सुनिल खड्काले ट्याव गर्दै सुन्दर गाेल गरे ।

सामनाका लागि भने जर्सी नंं ११ का राेशन क्षेत्रीले दाेस्राे हापकाे ३२ औं मिनेटमा एकमात्र सान्त्वना गाेल गरेका थिए ।

मंगलबारकै दाेस्राे खेलमा ठडराइ अधिकारी समाज बेसीशहरलाइ शुन्यका विरूद्ध १ गाेल गर्दै लाङ्दीदेवी युवा क्लव नाल्मा पनि क्वार्टरफाइनलमा प्रवेश गरेकाे छ । लाङ्दीदेवी नाल्मा लागि खेलकाे दाेस्राे मिनेटमै प्राप्त भएकाे कर्नरलाइ प्रहार गर्दै जर्सी नंं ९ का एञ्जल महर्जनले सुन्दर गाेलमा परिणत गरेका थिए । साेही गाेलनै खेलकाे निर्णायक गाेल बन्न पुग्याे ।

त्रिवेणी युवा क्लवकाे आयाेजनामा जारी प्रतियाेगितामा प्रथम पुरस्कारकाे राशी ८ लाख छ । याे राशी गण्डकी प्रदेशमै दाेस्राे ठुलाे धनराशीकाे पुरस्कार हाे ।

प्रतियाेगिताकाे उपविजेताले नगद ४ लाख र सेमीफाइनल पुग्ने दुई टीमले नगद १\१ लाख पुरस्कार पाउने छन् । सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले नगद २०\२० हजार पाउने छन् । फाईनल खेल २१ गते हुनेछ ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist