एकतिसाैं त्रिवेणी कप : पुलिस, सुन्दरबजार र बेसीशहर युथ सोसाईटी क्वाटरफाइनलमा प्रवेश




लमजुङ । नेपाल पुलिस क्लब, सुन्दरबजार फुटबल क्लब र बेसीशहर युथ सोसाईटी लमजुङ सदरमुकाम बेंसीसहरमा जारी ३१ औं त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सहजीस्थित त्रिवेणी रंगशालामा साेमबार भएको पहिलो खेलमा पुलिसले चामे युवा समाज, मनाङलाई शून्यका विरुद्ध २ गोलले हरायो । पुलिसका लागि प्रविन थापाले एक गोल गरे भने थप एक गोल विपक्षी टोलीका अकिन्सले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै दोस्रो खेलमा सुन्दरबजारले मर्स्याङ्दी युथ क्लब, लमजुङलाई ३–१ ले हरायो । सुन्दरबजारको जितमा एरोन थापाले ह्याट्रिक गरे । उता पराजित मर्स्याङ्दीका लागि सर्जे संगले एक मात्र गोल फर्काएका थिए ।

दिनको तेस्रो खेलमा बेसीशहर युथ सोसाईटीले बेसीशहर नगरपालिकामाथि ६–१ को फराकिलो जित दर्ता गर्यो । बेसीशहर युथका लागि सुरेश कुमाल र सन्त बहादुर गुरुङ्गले २–२ गोल गरे । त्यस्तै स्टेफन बिनोङ र आशिष चौधरीले थप एक–एक गोल गरे । उता पराजित बेसीशहर नगरपालिकाका लागि अशोक थापाले एक मात्र गोल फर्काएका थिए ।

त्रिवेणी युवा क्लवकाे आयाेजनामा जारी प्रतियाेगितामा प्रथम पुरस्कारकाे राशी ८ लाख छ । याे राशी गण्डकी प्रदेशमै दाेस्राे ठुलाे धनराशीकाे पुरस्कार हाे ।

प्रतियाेगिताकाे उपविजेताले नगद ४ लाख र सेमीफाइनल पुग्ने दुई टीमले नगद १\१ लाख पुरस्कार पाउने छन् । सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले नगद २०\२० हजार पाउने छन् । फाईनल खेल २१ गते हुनेछ ।

लोकदृश्य
+ posts

ताजा खबर

प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई भने : काम गर्न नसके पद ओगटेर बस्न हुँदैन

प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई भने : काम गर्न नसके पद ओगटेर बस्न हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित लक्ष्य हासिल हुने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन्। बुधबार अपरान्ह प्रधानमन्त्री...

चीनसँगको द्विपक्षीय मामिलामा अन्य राष्ट्रले चासो लिनु अनुचित : प्रदीप ज्ञवाली

चीनसँगको द्विपक्षीय मामिलामा अन्य राष्ट्रले चासो लिनु अनुचित : प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँगको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई गिजोल्ने काम गर्न नहुने बताएका छन्।...

बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न राष्ट्र बैंकलाई घिसिङको पत्र

बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न राष्ट्र बैंकलाई घिसिङको पत्र

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको अवधिमा डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेको बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का...

अन्नपूर्ण पदमार्ग घुम्न आएका पर्यटकलाई एक्यापकाे स्वागत !

अन्नपूर्ण पदमार्ग घुम्न आएका पर्यटकलाई एक्यापकाे स्वागत !

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय भुजुङले मर्स्याङ्दी गाउँपालिका ९, सिम्पानी बगैंचामा रहेको पर्यटक प्रवेश शुल्क केन्द्र, चेक...

नेकपा एस लमजुङका नेताहरुले परित्याग गरे पार्टी

नेकपा एस लमजुङका नेताहरुले परित्याग गरे पार्टी

लमजुङ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) मा आवद्ध लमजुङका नेता कार्यकर्ताले पार्टी छाडेको घोषणा गरेका छन् ।नेकपा एसका पूर्व...

स्थानीय तह उपनिर्वाचन मंसिर १६ मा, हिउँदे अधिवेशन बन्द गर्ने सरकारको निर्णय

स्थानीय तह उपनिर्वाचन मंसिर १६ मा, हिउँदे अधिवेशन बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले स्थानीय तहमा रिक्त पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले...

बाढी र पहिरो आउँदा डुम्रे– बेँसीसहर–चामे सडक अवरुद्ध

बाढी र पहिरो आउँदा डुम्रे– बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । आइतबार दिनभरको वर्षाले बाढी र पहिरो आउँदा डुम्रे– बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । योे सडकअन्तर्गत बेँसीसहर नगरपालिकाको...

स्वास्थ्य कार्यसम्पादनमा मर्स्याङ्दी गाउँपालिका प्रथम

स्वास्थ्य कार्यसम्पादनमा मर्स्याङ्दी गाउँपालिका प्रथम

स्वास्थ्य क्षेत्रकाे कार्यासम्पादनमा लमजुङका ८ वटा स्थानीय तहमध्ये मर्स्याङ्दी गाउँपालिका सवैभन्दा उत्कृष्ट भएकाे छ ।स्वास्थ्य कार्यालय लमजुङले विभिन्न सूचकका आधारमा...

स्थानीय तहको स्वमूल्यांकनमा लमजुङका ८ पालिकामध्ये मर्स्याङ्दी गाउँपालिका उत्कृष्ट

स्थानीय तहको स्वमूल्यांकनमा लमजुङका ८ पालिकामध्ये मर्स्याङ्दी गाउँपालिका उत्कृष्ट

लमजुङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा मर्स्याङ्दी गाउँपालिकाले सबैभन्दा बढी...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist