एकतिसाैं त्रिवेणी कपकाे सम्पूर्ण तयारी पुरा, आज दिउसाे उद्घाटन हुँदै




लमजुङ । गण्डकी प्रदेशकै प्रतिष्ठित त्रिवेणी कप राष्ट्रब्यापी फुटबल प्रतियाेगिता आज (विहिबार) देखि शुरू हुँदै छ । प्रतियाेगिताकाे सम्पुर्ण तयारी पुरा भएकाे आयाेजक क्लव त्रिवेणी युवा क्लव बेसीशहरले जनाएकाे छ ।

बिगत तीन दशकदेखि लगातार फुटबल प्रतियाेगिता आयाेजना गर्दै आएकाे त्रिवेणी युवा क्लव बेसीशहरले यस बर्ष पुरस्कार राशीमा भारी बृद्धि गरेकाे छ । पाेखराकाे सहारा युथ क्लवले आयाेजना गर्ने आहा रारा गाेल्डकपकाे पहिलाे पुरस्कार १० लाख छ । त्रिवेणी युवा क्लवकाे आयाेजनामा बिहीबारबाट शुरू हुने प्रतियाेगितामा प्रथम पुरस्कारकाे राशी ८ लाख छ । याे राशी गण्डकी प्रदेशमै दाेस्राे ठुलाे धनराशीकाे पुरस्कार हाे ।

प्रतियाेगिताकाे उपविजेताले नगद ४ लाख र सेमीफाइनल पुग्ने दुई टीमले नगद १\१ लाख पुरस्कार पाउने छन् । सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले नगद २०\२० हजार पाउने छन् ।

पुरस्कार राशीमा भएकाे बृद्धिसंगै त्रिवेणी कपकाे यस श्रृंखलामा बिभागीय टीम नेपाली सेनाकाे त्रिभुवन आर्मी क्लव र नेपाल प्रहरीकाे महेन्द्र  पुलिस क्लबले समेत सहभागिता जनाउँदै छन् । यसबाहेक क्वीन्स गुर्खाज युके, पाेखराकाे एलजी एशाेसियसन, भुइँकेल एफसी लगायतका नयाँ टीमले पनि यस बर्ष सहभागिता जनाएका छन् ।

यस बर्ष क्लवले प्याराफिटबाटै खेल हेर्न मिल्ने ब्यवस्था मिलाएकाे छ । गत बर्षका श्रृंखलामा त्रिवेणी रंगशालाकाे दक्षिण माेहाेडामा मात्रै प्याराफिट रहेकाेमा यस बर्ष मैदानकाे दक्षिण पश्चिम र पश्चिम माेहाेडामा समेत प्याराफिटकाे निर्माण गरिएकाे छ । जसबाट दर्शकहरूले आरामका साथ खेलकाे मज्जा लिन सक्नेछन् । बुधवार खेल मैदानमा राेलर लगाएर सम्याउने, मञ्च निर्माण गर्ने, टिम दर्ता गर्ने लगायतका सम्पूर्ण काम सम्पन्न गरिएकाे आयोजकले जनाएकाे छ।

प्रतियाेगितामा २१ टीमले सहभागिता जनाएका छन् । प्रतियोगितामा समूह ए बाट त्रिभुवन आर्मीका साथै आयोजक त्रिवेणी क्लव, सुन्दरबजार फुटबल क्लव, मस्र्याङदी युवा क्लव, क्वीन गोर्खाज युके, अभिषेक चर्च रजहर, नेपाल भानु युनाइटेड, सामना तुरतुरे, भुइँखेल फुटबल क्लव काठमाडौं र लालीगुराँस युवा क्लव भजुुङ खेल्दैछन् ।

त्यस्तै समूह बी बाट महेन्द्र पुलिस क्लवसंगै बेसीशहर नगरपालिका, दोर्दी गाउँपालिका, बेसीशहर युथ सोसाइटी, एलजी एशोसियसन पोखरा, बाग्मती एफसी सर्लाही, रामपुर रोड्स चितवन, चामे युवा समाज, भरतपुर २४, ठाडाराइ अधिकारी समाज र लाङदी देवी नाल्मा खेल्ने छन् ।

प्रतियाेगिताकाे उद्घाटन बिहीबार दिउसाे १ बजे सहजी रंगशालामा हुनेछ । उद्घाटन खेलमा आयाेजक त्रिवेणी र सुन्दरबजार एफसी भिड्ने छन् । गण्डकी प्रदेश सभाका सदस्य तथा क्लवका पूर्व अध्यक्ष भेषबहादुर पाैडेलले प्रतियाेगिताकाे उद्घाटन गर्ने छन् । हरेक दिनकाे प्रतियाेगितामा जिल्लाकाे एक पालिकाका प्रमुख तथा अध्यक्ष प्रमुख अतिथि, उपप्रमुख तथा उपाध्यक्ष बिशेष अतिथि र वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू अतिथि रहने ब्यवस्था क्लवले मिलाएकाे क्लवका अध्यक्ष राजकुमार घिमिरेले बताए ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist