एमाले गण्डकीको निर्वाचनमा ८ सय ९६ मत खस्यो, अब मत गणना हुने

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको नयाँ नेतृत्वको लागि बिहीबार पोखरामा भएको निर्वाचनमा ८ सय ८७ मत खसेको छ । अधिवेशन प्रतिनिधिको रुपमा गण्डकी प्रदेशका ११ जिल्ला र जनसंगठन समेत गरेर ९ सय ६ जना प्रतिनिधि चयन भएकोमा मतदानमा ८ सय ९६ जनाले भाग लिएका हुन् । यसरी चयन भएका १० जना प्रतिनिधि मतदानमा अनुपस्थित भए ।

तोकिएका उम्मेदवारलाई मत राख्नको लागि झण्डै १५ मिनेट समय लाग्ने अनुमान गरिएपनि कुनै मतदाताले एक घण्टा १५ मिनेट सम्म समय लगाएको पाईएकाे थियाे । यस्तै कारणले निर्धारित समयमा मतदान कार्य सम्पन्न हुन नसकेको हो । निर्वाचन तालिकामा कार्यालयले साँझ साढे ५ बजे सम्मको समय मतदानको लागि निर्धारण गरेको  थियो । तर, उक्त समयभन्दा झण्डै ४ घण्टा पछि बल्ल मतदान सम्पन्न भएको हो ।

अधिवेशनमा म्याग्दीका नवराज शर्मा र लमजुङका मायानाथ अधिकारीबिच नेतृत्वको लागि प्रतिष्पर्धा छ । उपाध्यक्षमा नवलपुरका बाबुराम विक र स्याङजाका मिनप्रसाद गुरुङ, सचिवमा कास्कीका रश्मि आचार्य र लमजुङका धनञ्जय दवाडी, उपसचिवमा म्याग्दीका सन्तोष रावल र दाम बहादुर विक, उपसचिव महिलामा कास्कीकी मिना गुरुङ र मञ्जु अधिकारी प्यासी प्रतिष्पर्धामा छन् ।

कुल १ सय ६२ पद मध्ये केही पदमा निर्बिरोध निर्वाचित भएपनि अधिकांश पदको लागि निर्वाचन भएको हो । विद्युतिय भोटिङ मार्फत मतदान भएकोले गणना सुरु भएको एक घण्टामा सबै नतिजा आइपुग्ने निर्वाचन कार्यालयको दावी छ । मतदानमा कुल ३३ वटा विद्युतिय भोटिङ मेसिनको प्रयोग गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist