चिटिक्ककी युवतीले गहना चाेर्दा बेसीसहरबासी दङ्ग !



लमजुङ । चिटिक्क परेकाे जिउडाल । सदरमुकाम बेसीसहरकाे राम्रै खानदानी परिवार । त्यसमाथि गैरसरकारी संस्थामा जागिरे यी युवतीले सदरमुकाम बेसीसहरमा दिनदहाडै सुनका गहना चाेरी गर्लिन भनेर जाे काेहिलाई पत्याउन मुस्किल पर्छ ।

तर भयाे यस्तै । बेसीसहर बजारमा दिनदहाडै सुन चाेरेकाे आरोपमा बेसीसहर-८ शेराकी २७ वर्षिया युवती सुजा घिमिरे पक्राउ परिन । चाेरीमा उनी संलग्न देख्दा परिवार, छिमेकी र सहकर्मी दङ्गदास परेका छन् ।

एक गैरसरकारी संस्थाकाे कार्यालयमा रहेकै अबस्थामा भदाै १७ गते आइतबार दिउसाे पक्राउ परेकी घिमिरेले सुरूमा चाेरी स्विकार गर्न मानिनन । आफुलाई विना आधार पक्राउ गरेकाे भन्दै उनी प्रहरीसंग झाेक्किईन पनि । तर, केहिबेरमा प्रहरीले उनकाे घरबाट थुप्रै गहना बरामद गर्न सफल भयाे । अझ उनले केही गहना बैंकमा समेत राख्न भ्याएकाे प्रहरी स्राेतले बताएकाे छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सुचना अधिकारी इन्सपेक्टर बुद्वी प्रसाद सुवेदीका अनुसार ती युवतीबाट सुनको रानीहार १ थान, सुनको बाला २ थान, सुनको रातो पत्थर जडित औँठी २ थान, सुनको औँठी २ थान, सुनको सिक्री १ थान, सुनको मिनिहार १ थान, सुनको टप ४ थान, सुनको पत्थर जडित टप २ थान, सुनको गणेशको मूर्ति लकेट १ थान र सुनको झुक्का २ थान बरामद गरेकाे छ ।

वैशाख २५ गते बेसीशहरको क्याम्पस रोडमा गंगाजमुना र साउन ३० गते न्यू ईरा बोर्डिङ नजिकै बालकुमारी घिमिरेकाे घरबाट करिब २३ तोला बराबरको सुन चोरी भएको थियो।

चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरुको खोजतलास एवं शंकित व्यक्तिहरुमाथि निगरानी राखी सुक्ष्म रुपमा अनुसन्धान गर्दै जाँदा घिमिरेलाई आइतबार पक्राउ गरिएको प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।

घिमिरेलाई सोमबार लमजुङ जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिई चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । 

बेसीसहर बजार र आसपासमा बढ्दै गएकाे चाेरीका घटनाले नागरिकहरू चिन्तित थिए । अनुसन्धानमा काबिल डिएसपी प्रकाश श्रीमल र इन्सपेक्टर बुद्वी प्रसाद सुवेदीकाे मेहनत र शुष्म अनुसन्धानले चाेर पक्रिन सफल भयाे । यसले प्रहरीलाई सफलता मिल्याे भने नागरिकमा प्रहरी प्रतिकाे भराेसा थप बढ्याे ।

जिल्ला प्रहरी कार्यालय लमजुङको प्रेस विज्ञप्ति ।
लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist