लमजुङ । शनिवार मध्यराती लमजुङकाे मर्स्याङ्दी गाउँपालिका-७ बालुवामा मर्स्याङ्दी नदिमा बस खस्दा बेपत्ता भएका चालककाे शव भेटिएकाे छ ।
भुलभुले-ङादी सडक खण्डकाे बालुवामा शनिवार राति करिब १२ः ३० बजे घ १ ख ३७२ नम्बरको बस नदिमा खसेको हो ।
बस चालक चितवन महानगरपालिका-१३ घर भइ हाल मर्स्याङ्दी गापा–७ ङादी मा बस्ने अन्दाजी ४० बर्षका खेमबहादुर भुलेज मगर हुन् । उनकाे शव आईतबार दिउसाे ४ बजे मर्स्याङ्दी-९ आँगे भंगालाेमा भेटिएकाे हाे ।
बेसीसहर-ङादी रूटमा चल्ने साे बस शनिवार राती मर्स्याङ्दी-९ गैरीफाँटमा मर्मत गरि चालक एक्लैले घरतर्फ लगेका थिए । ङादी जाने क्रममा विच बाटाेमा चालकले मापसे गरेर बस लगेकाे आशंका गरिएकाे छ । उनकाे माेवाईल र एउटा चप्पल घटनास्थलमा भेटिएकाे थियाे ।
बस मर्स्याङ्दी नदिमा आधा डुवेकाे अबस्थामा विहान मात्र स्थानीयले देखेका थिए । स्काभेटर प्रयाेग गरेर बस नदिबाट निकालिएकाे थियाे ।
उद्दारमा खटिएकाे सशस्त्र प्रहरी बलकाे कमान्ड गरिरहेका भक्त पाण्डेकाे टाेलीले बेसिसहर फर्कने क्रममा मर्स्याङ्दीकाे विच भंगालाेमा शव देखेकाे थियाे ।
साे लगत्तै बेसीसहरबाट जनपथ प्रहरी र नेपाल आर्मीकाे रेस्क्यु टाेली शव भएकाे स्थानमा आएपनि नदिकाे बहाव ठुलाे रहेकाे र साँझपनि परेकाले फर्किएकाे खुदी प्रहरी चाैकीका प्रमुख प्रेमप्रसाद शर्माले जानकारी दियाे ।
साेमबार विहान शव निकालिने शर्माले जानकारी दिए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















