लमजुङमा ‘कृषि तीज गीत प्रतियोगिता’ : राइनासको मार्गदर्शन सहकारी प्रथम




लमजुङ । लमजुङ सदरमुकाम बेसीसहरमा मंगलबार आयाेजित जिल्लास्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ मा राइनास नगरपालिका–६ मा रहेको मार्गदर्शन महिला बहुउद्धेश्यीय सहकारी संस्था प्रथम भएको छ ।

कृषि ज्ञान केन्द्र लमजुङको आयाेजनामा भएकाे प्रतियाेगितामा मध्यनेपाल नगरपालिका–६ मा रहेको एकीकृत कृषक सहकारी संस्था लिमिटेड द्धितीय भयाे भने सुन्दरबजार नगरपालिका–७ मा रहेको मजुवा मिश्रित कृषक समूह तृतीया भएको छ ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुन सफल टिमलाई पुरस्कारस्वरुप क्रमश : नगद सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ प्रदान गरिएको छ ।

गीतको माध्यमबाट कृषि प्रसार तथा कृषि व्यवसाय प्रवर्द्वन गर्ने उद्धेश्यले जिल्लास्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ सञ्चालन गरिएकाे कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले बताए ।

गीतकोे माध्यमबाट नवीनतम कृषि प्रविधि, कृषिका सम्भावना, अवसर लगायत कृषिसंग सम्वन्धित विविध पक्षका विषयमा समुदायमा सचेतना फैलाउने उदेश्यले प्रतियोगिता सञ्चालन गरिएको प्रमुख खतिवडाले बताए । प्रतियोगितामा सम्वन्धित पालिकामा कृषि कार्यमा सक्रिय रहेको कृृषक समूह वा कृषि सहकारी संस्था, कृषक पाठशालामा आवद्ध वा सञ्चालन गर्दै आएको समूह, सहकारी गरी पाँच वटा समूह सहभागी थिए ।

कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख खतिवडाको अध्यक्षता एवं जिल्ला समन्वय समिति, लमजुङका प्रमुख पूर्णबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा निर्णायक मण्डलमा कृषि ज्ञान केन्द्र लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मी, जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक बुद्धि सुवेदी र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारी थिए।

जिल्ला स्तरीय प्रतियोगितामा प्रथम हुन सफल टिमलाई भदौ २३ गते पोखरामा सञ्चालन हुने प्रदेश स्तरीय प्रतियोगितामा पठाइने कृषि ज्ञान केन्द्र लमजुुङका बालि संरक्षण अधिकृत विजय पाैडेलले जानकारी दिए।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist