लमजुङ । सदरमुकाममा रहेकाे वेसीशहर नगरपालिकाले नगरपालिका र आफ्नो मातहतका सवै शाखा र वडाहरूमा आयोजना गर्ने कार्यक्रमहरुमा खदाकाे प्रयाेग नगर्ने निर्णय गरेकाे छ।
नगरपालिकाकाे कार्यपालिका बैठकले कार्यक्रमहरूमा खादाकाे प्रयाेग नगर्ने निर्णय गरेकाे नगरपालिकाका प्रवक्ता हिरालाल विश्वकर्माले जानकारी दिए ।
पालिका, पालिका अन्तर्गतका शाखा, वडाहरूकाे सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादाकाे साटाे फुलमाला प्रयोग गरिने प्रवक्ता विश्वकर्माले बताए ।
स्थानीय उत्पादित बस्तु तथा सेवाकाे प्रवर्द्धन, विबिधिकरण तथा बजारिकरण र वातावरणीय प्रभाव न्युनिकरण गर्ने उदेश्यले पालिकाका कार्यक्रममा खादाकाे प्रयाेगमा प्रतिबन्ध लगाईएकाे नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए ।
यसअघि मर्स्याङ्दी गाउँपालिकाले पालिकाभरी खादा प्रयाेगमा प्रतिवन्ध लगाएकाे थियाे ।
लोकदृश्य
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link