मर्स्याङ्दी ग्रुपमा जाेडिन भदाै मसान्तसम्म समय, कबाेल गरेकाे शेयर रकम तीन किस्तामा राख्न पाईने



लमजुङ । मर्स्याङ्दी ग्रुपमा जाेडिन चाहने मर्स्याङ्दीबासीका लागि भदाै मसान्तसम्म म्याद थप गरिएकाे छ । यसअघि भदाै १० गतेसम्म समय थियाे ।

ग्रुपको भदौ ८ गते सम्पन्न शेयर सदस्यहरुको पहिलो भेला र त्यसपछि बसेको मर्स्याङ्दी ग्रुप समन्वय समितिको बैठकले म्याद थप गरेकाे हाे । हालसम्म ग्रुपमा करिव ६ सय जना जाेडिएका छन् ।

भेलाले संविधानसभा सदस्य जमीन्द्रमान घलेकाे अध्यक्षतामा मर्स्याङ्दी जलविद्युत कम्पनी लि. गठन गरेकाे छ । पहिलो आयोजनाको रुपमा मर्स्याङ्दी -२ स्थित किचे खोला साना जलविद्युत निर्माण गर्ने निर्णय समेत भएकाे छ ।

पहिलो आयोजनाको रुपमा शुरु गर्न लागिएको किचे खोला जलविद्युत आयोजनाको लागि सम्पुर्ण शेयर सदस्यहरुले २०८० असोज १० गते सम्म न्युनतम रु.५० हजार र अधिकतम रु. ३० लाख सम्म आफ्नो शेयर रकम कबोल गर्नु पर्नेछ । कबोल रकम ३ किस्तामा क्रमश पहिलो किस्ता २०%, दोस्रो किस्ता ५०% र तेस्रो किस्ता ३०% जम्मा गर्नु पर्नेछ ।

पहिलो किस्ता २०८० चैत्र मसान्तसम्म जम्मा गर्नु पर्नेछ । आवद्ध हुनको निम्ति बुझाएको रु. २५ हजारलाई पहिलो किस्तामा मिलान गरिनेछ । त्यसरी मिलान गर्दा अपुग रकम थप गर्नु पर्नेछ भने बढी भएको अवस्थामा दोस्रो किस्तामा मिलान गरिने मर्स्याङ्दि ग्रुप समन्वय समितिका संयाेजक अर्जुन गुरूङले जानकारी दिए ।

हाललाई कम्पनिको अधिकृत पूंजी रु. १५ करोड, जारी पूंजी रु. १२ करोड र चुक्ता पूंजी रु. १० करोड ८० लाख निर्धारण गरिएकाे संयाेजक गुरूङले बताए ।
धन्यवाद !

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist