लमजुङ । दाेर्दी गाउँपालिकाले गाउँपालिका भित्र सञ्चालित जलविद्युत आयाेजनालाई हिउँदकाे समयमा १० प्रतिशत पानी खाेलामा छाेड्नुपर्ने निर्णय गराएकाे छ ।
भादाै ११ गते साेमबार दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा भएकाे दोर्दी करिडोर भित्र संचालित जलविद्युत आयोजनाका संचालक तथा प्रतिनिधिहरु बिचको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
बैठकले दोर्दी गाउँपालिका भित्र संचालित जलविद्युत आयोजनाले आईई/ईआईए रिपोर्ट अनुसार १० प्रतिशत पानी छोड्नु पर्ने निर्णय गरेकाे हाे ।
यसैगरी दोर्दी गाउँपालिका भित्र संचालित जलविद्युत आयोजनाको क्षमताको आधारमा आर्थिक सहयोग गरि दोर्दी गाउँपालिकाको नेतृत्वमा बाताबरण बिज्ञसंग सहकार्य गरि दोर्दी खोला, छ्याङ्दी खोला र किसेदी खोलामा माछाका भुरा छोड्ने निर्णय पनि बैठकले गरेकाे छ ।
यसैगरी दोर्दी गाउँपालिका भित्र संचालित जलविद्युत आयोजनाले सुरुमा गरेको प्रस्तावित लागत रकमको सामाजिक दायित्व खर्च रकम यकिन गर्नुपर्ने र हाल संचालन भए पछिको अन्तिम चरणको रकमको सामाजिक उत्तरदायित्व र स्वास्थ्य सम्बन्धी खर्च अर्को बैठकमा पेश गरि गाउँपालिकाद्वारा एकमुष्ट रकम जम्मा गरि योजना संचालन गर्ने बैठकले निर्णय गरेकाे अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।
बैठकमा दोर्दी गाउँपालिका उपाध्यक्ष बिच्छ बहादुर घले, सुपरदोर्दी जलविद्युत संचालक रामशरण अधिकारी, लिवर्टी जनसम्पर्क अधिकृत जिवन घिमिरे, दोर्दी जलविद्युत-१ संचालक संजिव कुमार शाह, प्रशासन शाखा हरि पंथी, हिमालयन जलविद्युत प्रवन्धक धिराज सिग्देल, छ्याङ्दी जलविद्युतका प्लान्ट ईन्चार्ज संजित पोखरेल, साइट इन्चार्ज सरद कुमार पौडेल लगायत दोर्दी गाउँपालिका कर्मचारीहरुको उपस्थिति रहेकाे थियाे ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















