लमजुङ । बेसीशहर नगरपालिकाले १४ जना किसानहरूलाई उत्कृष्ट मेयर सम्मान तथा पुरस्कारबाट सम्मानित गरेकाे छ।
बेसीशहर नगरपालिका कृषि विकास शाखाले आईतावार आयाेजना गरेकाे सम्मान कार्यक्रममा बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले किसानहरूलाइ पुरस्कारसहित सम्मान गरेका हुन् ।
बेसीशहर नगरपालिका कृषि, पशुपंक्षी तथा मत्स्य विकास शाखाका अनुसार तरकारी खेतीतर्फ ५, भैंसीपालनतर्फ ४, बाख्रापालनतर्फ २, मौरीपालन, कफि खेती र डाले घास तर्फ १/१ किसान पुरस्कृत भएका हुन् ।
पुरस्कृत हुनेमा तरकारी खेती तर्फ बेसीशहर २ का सविना श्रेष्ठ, वडा नं. ५ का गजमान गुरुङ, वडा नं. १० का बैशबहादुर गुरुङ र मदन बहादुर भण्डारी, वडा नं. ११ का दिपेन्द्र विष्ट छन् । बाख्रापालन तर्फ वडा नं. १ का चिजामाया गुरुङ र बेसीशहर ५ का सन्तबहादुर तामाङ छन् । भैँसी पालन तर्फ वडा नं. २ का राधिका खत्री, वडा नं. ३ का विष्णुमाया अधिकारी, वडा नं. १० का सोमबहादुर गुरुङ र वडा नं. ६ का मधुराम रिमाल रहेका छन् ।
त्यसैगरि कफि खेति तर्फ वडा नं. ७ का गंगा अधिकारी, मौरीपालन तर्फ वडा नं. ४ का अशोक गुरुङ र डाले घाँस तर्फ वडा नं. २ का डिलमाया रानाले उत्कृष्ट भइ पुरस्कार पाए । पुरस्कृत किसानहरूलाई जनही नगद १० र सम्मानपत्र दिएर सम्मान गरिएकाे थियाे ।
सम्मान तथा पुरस्कार वितरण गर्दै मेयर अर्यालले किसानहरुको मनोबल बढाउन नगरपालिकाले सम्मान र पुरस्कार वितरण गर्ने गरेकाे बताए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















