लमजुङ । डिभिजन वन कार्यालय लमजुङले चालु आर्थिक वर्षमा उत्कृष्ट कार्य सम्पादन गरेकामध्ये ५ जना कर्मचारीलाई सम्मान गरेको छ । उनीहरुलाई शुक्रबार टीका र खदा लगाइ प्रशंसापत्रबाट सम्मान गरिएको हो ।
कार्यालयले आयोजना गरेको वार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर गुरुङ र प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले कर्मचारीलाई सम्मान गरेका हुन् ।
कार्यालयले मध्यनेपाल नगरपालिकास्थित सव डिभिजन वन कार्यालयमा कार्यरत वन अधिकृत अमृतनाथ आचार्य, डिभिजन वन कार्यालयमा कार्यरत वरिष्ठ रेन्जर प्रगति शर्मा, बेंसीशहरस्थित सवडिभिजन कार्यालयमा कार्यरत फरेष्टर कविता घलान, मस्र्याङ्दी गाउँपालिकास्थित सवडिभिजन वन कार्यालयमा कार्यरत वनरक्षक कमल थापा र डिभिजन वन कार्यालयमा कार्यरत कार्यालय सहयोगी कुशल गुरुङलाई सम्मान गरेको हो । चालु आर्थिक वर्षमा अन्यभन्दा बढी सन्तोषजनक काम गर्ने कर्मचारीलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको सहायक वन अधिकृत एवं सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।
वन संरक्षण, कार्यालयबाट भएका निर्देशनको कार्यपालना, कुशल नेतृत्व गरी वन संरक्षण, संवद्र्धन र व्यवस्थापनको जिम्मेवारीमा रहेका कर्मचारीको हौसला प्रदान गर्न र मनोबल बढाउन सम्मान गरिएको डिभिजन वन अधिकृत पूर्णेश्वर सुवेदीले बताए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















