कृषि ज्ञान केन्द्र लमजुङद्धारा जिल्लाका उत्कृष्ट २३ कृषक पुरस्कृत

लमजुङ । कृषि ज्ञान केन्द्र लमजु्ङले जिल्लाका २३ जना उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७९÷८० को स्वीकृत बार्षिक कार्यक्रम क्षेत्रफलमा आधारमा तरकारी खेती प्रवद्र्धन अन्तर्गत कृषकहरुलाई पुरस्कृत गरेको हो ।

कार्यालयले क्षेत्रफलको आधारमा तरकारी उत्पादन प्रोत्साहन सहयोग कार्यक्रम अन्तर्गत कृषकहरुलाई आठ हजार देखि ३० हजारसम्म नगद पुरस्कार प्रदान गरेको हो । पुरस्कृत कृषक मध्ये सवैभन्दा बढि नगद ३० हजार पाउने तीनजना रहेका छन् ।

नगद ३० हजार पुरस्कार पाउने कृषकहरुमा मध्यनेपाल–६ का जुद्धराज कार्की, मध्यनेपाल–५ का ईभन जोशी र क्ब्होँलासोँथर–८ की केशकुमारी गुरुङ रहेका छन् । त्यस्तै नगद २५ हजार पुरस्कार पाउनेमा बेसीशहर–२ की चिजामाया विश्वकर्मा र बेसीशहर–२ कै दिपेन्द्र बोहोरा रहेका छन् ।

सो बाहेक बेसीशहर–२ का शिव अधिकारीले १८ हजार रुपैया पाएका छन् भने सातजनाले नगद १५ हजार रुपैया पाएका छन् । नगद १५ हजार पुरस्कार पाउनेहरुमा क्ब्होँलासोँथर–४ की शेष कुमारी गुरुङ, मस्र्याङ्दी–९ का नवीनराज कुईकेल, बेसीशहर–१ का सीताराम लोहनी, सुन्दरवजार–९ का विष्णुकान्त अधिकारी, मस्र्याङ्दी–९ का सुर्यकला भण्डारी, बेसीशहर–११ का अर्जन पाण्डे र बेसीशहर–१० का बुद्धिराम गुरुङ रहेका छन् ।

त्यसैगरी बेसीशहर–९ की शोभा अधिकारी खत्री, बेसीशहर–१० की शोभा खत्री र दुधपोखरी–५ का हरिप्रसाद गुरुङले जनहि नगद १३ हजार रुपैया पाएका छन् । सो बाहेक सुन्दरवजार–३ की भुमिका तिवारीले १२ हजार, दोर्दी–४ की इन्द्रकुमारी पाण्डेले १० हजार, बेसीशहर–२ का दिपक पराजुलीले १० हजार, बेसीशहर–१ का रमेश बोहोराले १० हजार पाएका छन् ।

बेसीशहर–३ का हरिप्रसाद अधिकारी र मध्यनेपाल–६ की इन्दिरा पौडेलले जनहि नगद आठ हजार रुपैया पाएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।

एक औपचारिक कार्यक्रमका विच कृषकहरुलाई पुरस्कार वितरण भएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति लमजुङका प्रमुख पुर्णबहादुर गुरुङले कृषकहरुले पाएको पुरस्कारले उत्प्रेरणा थपिने विश्वास व्यक्त गरे । कृषकहरुको दुःख तथा मिहेनत अनुसार पुरस्कार राशी थोरै भएपनि यसले अझ उत्कृष्ट व्यवसायिक कृषिका लागि प्रेरित गर्ने जिसस प्रमुख गुरुङको भनाई थियो ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले कृषि एक व्यवसाय मात्रै नभएर जीवन जिउनका निम्ती मुख्य आधार भएको बताए । यदि कृषकहरुले उत्पादन नगर्ने हो भने मानव जिवन नचल्ने भन्दै प्रजिअ अधिकारीले कृषकहरुको दुःख र मिहेनतलाई सवैले सम्मान गर्नुपर्ने प्रजिअ अधिकारीको धारणा थियो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखे कार्यालयका सुचना अधिकारी एवं कृषि अर्थविज्ञ मदन रेग्मीले कार्यक्रमको सहजिकरण गरेका थिए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist