मर्स्याङ्दीको विकासका लागि ‘मर्स्याङ्दी ग्रुप’ निर्माण, जलविद्युत, पर्यटन, कृषिलगायत उद्योग स्थापना गर्ने

लमजुङ । मर्स्याङ्दी गाउँपालिकामा उद्योग ब्यवसाय स्थापना गरि रोजगारी सृजना गर्न लगानी समूह निर्माण गरिएको छ । पालिका भित्र रहेका विभिन्न सम्भावनाहरुलाई उद्योगमा परिणत गर्न ‘मर्स्याङ्दी ग्रुप’ निर्माण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको संयोजकत्वमा गठन गरिएको मस्र्याङ्दी ग्रुपले मस्र्याङ्दी–२ घनपोखरामा रहेको किचे खोलामा एक मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने, खुदी वरपर पेट्रोल पम्प निर्माण गर्ने, जडिबुटी प्रशोधन केन्द्र, पर्यटन रिसोर्ट, जिपलाइन, स्विईङ, तातोपानी कुण्ड ब्यवस्थापन तथा फलफुल, तरकारी, दुध, जटिबुटीको फार्मिङ गर्ने लक्ष्य लिएको छ ।

यस्तै पालिका भित्रको प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्न कंक्रिट सामाग्री तथा क्रसर उद्योग, प्लाईउडको कच्चापदार्थ उद्योग, गुन्द्रुक, अचार उद्योगहरु स्थापना गर्ने ग्रुपको लक्ष्य छ ।

ग्रुपको संयोजनकारी भूमिकाको निम्ति गठन गरिएको तदर्थ समितिमा अर्जुन गुरुङ संयोजक, मस्र्याङ्दी–२ बाट कृष्ण विक, मस्र्याङ्दी–३ बाट प्रेमबहादुर बस्नेत, मेघराज तामाङ, टिकाराम भण्डारी, मस्र्याङ्दी–४ बाट महेन्द्र थापा, मस्र्याङ्दी–५ बाट घनश्याम घले, मस्र्याङ्दी–६ बाट विनोद गुरुङ, मस्र्याङ्दी–७ बाट युवा घले, अजय तामाङ, मस्र्याङ्दी–८ बाट नन्दराज तामाङ, मस्र्याङ्दी– ९ बाट विकास घिमिरे सदस्य रहेका छन् ।

भुलभुले सामुदायिक भवनमा करिब एकसय ५० जना बुद्धीजिवी, ब्यवसायी तथा युवाहरुको भेलाले यस ग्रुपमा सहभागी हुन १ हप्ता भित्र जानकारी गराउनु पर्ने निर्णय गरेको छ । आवश्यकता अनुसारको कम्पनीहरु दर्ता गर्न, दक्षता र ईच्छाशक्तिको आधारमा सञ्चालक समितिहरु गठन गर्न आवश्यक प्रकृयाहरुको निम्ति तदर्थ समितिले समन्वयकारी भूमिका निर्वाह गर्ने भएको छ ।

तत्काल काम अगाडी बढाउन मस्र्याङ्दी ग्रुपमा सहभागि सदस्यहरुले २५ हजार रुपैया जम्मा गर्ने निर्णय गरिएको संयोजक अर्जुन गुरुङले बताए । आर्थिक कारोवारलाई सहज बनाउन अर्जुन गुरुङ, यूवा घले र नन्दराज तामाङको संयुक्त हस्ताक्षरमा सञ्चालन हुने गरि हिमालयन बैंङ्क भुलभुलेमा खाता खोल्ने र सोही खाता मार्फत कारोवार गर्ने उनले बताए ।

‘पालिका भित्र धेरै सम्भावनाहरु छन् । यसको विकासका लागि पालिका, प्रदेश र संघको बजेट पर्याप्त हुँदैन’, मस्र्याङ्दी गाउँपाकिा अध्यक्ष अर्जुन गुरुङले भने, ‘राज्यले पनि नसक्ने एउटै ब्यक्तिले पनि लगानी गर्न नसक्ने भएपछि समूह बनाएर अघि बढेका हौं ।’ उनका अनुसार यो कार्यले यहाँको विकास, अर्थतन्त्रको चलायमान र रोजगारी स्थापना गर्नेछ ।

मस्र्याङ्दी ग्रुपको माध्यमबाट विभिन्न क्षेत्रमा लगानी हुने उनले बताए । यहाँ भएका खोला नाला, ढुङ्गा वालुवा, जटिबुटि, खर्कहरु, बाँझो जमिन, पर्यटकिय क्षेत्रहरुको अधिकतम उपयोग हुने र यसले रोजगारी र अर्थतन्त्रलाई चलायमान बनाउने उनले बताए ।

गु्रपमा लगानी गर्नका लागि न्युनतम २ लाखदेखि ५० लाखसम्मको खाका तयार पारिएको छ । लगानीकर्ताले ग्रुपमा या फरक फरक उद्योग ब्यवसायमा पनि लगानी गर्न पाउनेछन् । प्रत्येक उद्योग तथा काम लागि फरक फरक सञ्चालक समूह गठन गरिनेछ ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist