सीता दाहाल : माओवादी उथलपुथलको साक्षी, तर सधैं गुमनाम

उजिर मगर

कास्कीको हेम्जा सडक खण्ड पछिल्लो समय निकै भाइरल छ । गण्डकी प्रदेशको राजधानी पोखराबाट बाग्लुङ जोड्ने सडकको हेम्जा खण्ड ६ लेनमा विस्तार भएपछि भाइरल बनेको हो ।

पोखराबाट जाँदा सडकको दायाँतर्फ ५ सय मिटरमा पिपलबोट चोक छ । त्यसको बायाँतिर पर्छ, सीता दाहालको माइतीघर । यद्यपि उनका माइती अहिले चितवन बसाइँ सरिसकेका छन् । माइती खलक भने त्यहीँ छन् ।

शान्ति प्रक्रियामा आएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख अतिथि हुन भ्याइनभ्याइ थियो । २०६३ फागुन २८ गते बाग्लुङमा आयोजित आमसभालाई सम्बोधन गर्न जाने क्रममा बाटो पर्ने भएकाले प्रचण्ड, पत्नी सीता, नेता डा. बाबुराम भट्टराईसहितको टोली हेम्जामा केही समय रोकिने योजना बन्यो ।


सीताको पुरानो माइतीघर पुग्दा स्वागतका लागि ढोकाको दायाँ–बायाँ तामाका गाग्री लालुपातेका गुच्छासहित सजाएर राखिएको थियो । ससुराली कति वर्षमा आउनुभयो ? भन्ने प्रश्न गर्दा सीतातिर हेर्दै प्रचण्डले भनेका थिए, ‘२० वर्षपछि होला ।’

त्यसपछि सीताले थपेकी थिइन्, ‘मैले त झन् छोराछोरी हुर्काउँदाहुर्काउँदै माइत आउने समय नै पाइनँ, चितवनमै भुलें ।’

त्यस दिन हतार थियो । बाहिरै टेबुल र कुर्सी राखेर फूलको माला पहिर्‍याइदिए, ससुराली खलकले । त्यति साह्रै मुस्कुराउन नजान्ने बाबुराम पनि त्यहाँ खुशी देखिएका थिए ।

‘आज सीएम (अध्यक्ष)को जन्ती आइएको छ’, भनेर बाबुरामले ठट्टा गर्दा सबैजना गलल हाँसेका थिए ।

ससुराली गाउँमा प्रचण्डसहितको टोलीससुराली गाउँमा प्रचण्डसहितको टोली

सोही दिन दिन प्रचण्डको जन्मथलो ढिकुरपोखरी पुग्नु थियो । ढिकुरपोखरीमा प्रचण्डकी काइँली आमाले ‘लौ कति पछि छविलालाई भेटें’ भनेर अंगालो मारेकी थिइन् ।

पछिल्लो ३ दशकयता प्रचण्ड नेपाली राजनीतिमा चर्चित पात्र हुन् । तर, प्रचण्डकी श्रीमती के गर्थिन् ? यो प्रश्नको जवाफ हो, उनी चर्चामा आइनन्, गुमनाम रहिन् । बरु प्रचण्डको ‘भीमकाय’ छवि बनाउन लामो भूमिका निर्वाह गरिन् ।

२०६३ असार २ गते प्रचण्ड काठमाडौं आउने खबर थियो । तर कहाँ ? भन्ने सबैतिर अन्योल थियो । अमिक शेरचनलाई फोन गर्दा उनले भने, ‘१०/११ बजेतिर बालुवाटारमै हो आउने ।’

त्यतिबेलाका गृहमन्त्री कृष्णप्रसाद सिटौला कास्कीको सिक्लेसबाट प्रचण्डलाई लिन उडिसकेका रहेछन् । त्योबेला उत्तरढोकाको गेट खुल्थ्यो । हामी ढुकेर बसेका थियौं ।

झ्याल खोलिएको थियो । सीतालाई पहिलोपटक देखियो । झ्याल खोल्नुको कारण रहेछ, सीतालाई बेस्सरी हेलिकप्टर लागेछ ।

वार्ता चलिरहँदा उनी एउटा कोठाको सोफामा सुतेकी थिइन् । बालुवाटारको उक्त सोफामा उनी निकै थकित अवस्थामा देखिएकी थिइन् ।

यी दृष्यहरू उनी भर्खर सार्वजनिक हुँदाका हुन् । भूमिगत राजनीतिमा जानुअघिका अप्ठ्यारा दिनमा चितवनमै पुष्पकमलकी श्रीमतीका रूपमा सामान्य जीवनयापन गरेकी थिइन् ।

null

हेर्दा अन्तरमुखी देखिने सीता २०२६ साल वैशाख २५ गते प्रचण्डको सगोल परिवारमा भित्रिइन् ।

२०११ असार २९ गते कास्कीको हेम्जामा जन्मेकी सीताको परिवार चितवनको सुन्दरबस्ती सरेको थियो । त्यही सुन्दरबस्तीबाट प्रचण्डले सीतालाई शिवनगरस्थित घरमा भित्र्याएका थिए । 

‘सीता दाहालः प्रचण्डकी जीवन–संगिनी’ नामक पुस्तकमा शारदा शर्मासँग सीताले भनेकी छिन्, ‘हाम्रो विवाह भव्य भएको थियो । उहाँ (प्रचण्ड)ले दोहोरो बाजा लिएर आउनुभएको थियो । त्यो त्यतिबेलाको निकै ठूलो विवाह थियो ।’

प्रचण्डले किन त्यसरी दोहोरो बाजा ल्याए ? ससुराली धनी भएकाले त्यसो गर्नुपरेको एक प्रसंगमा प्रचण्डले बताएका छन् । ‘एक जोर बाजा त प्रायः बजाउने चलन थियो । तर, मेरो विवाहमा दुईजोर बाजा लिएर गएका थियौं । दुईजोर बाजा, चारवटा नरसिङ्गा भनेको त ठूलो कुरा हो त्यो बेलाको ।’​ ससुराबुवा महेश्वर पौडेल मिलवाला थिए । 

१५/१६ वर्षको उमेरमा लगनगाँठो कसेका प्रचण्ड–सीताले ५४ वर्ष सँगै जीवन बिताए । प्रचण्डले राजनीतिमा जुन उचाइ लिए, त्यसमा सीताको बलियो आड भरोसा रह्यो ।

२०२८ सालमै सीता पनि कम्युनिस्ट पार्टीको सदस्य बनेकी थिइन् । २०३० मा जेठी ज्ञानु, २०३३ मा माइली रेणु, २०३५ मा कान्छी गंगा र २०३८ मा पुत्र प्रकाश जन्मे । प्रकाश जन्मिनुअघि प्रचण्ड पार्टीको पूर्णकालीन सदस्य भइसकेका थिए ।

२०३९ सालको अन्त्यतिर छुट्टिएर सीताले एक्लै छोराछोरी हुर्काइन् ।​ त्यतिबेलाको दुःख सम्झिँदै सीताले भक्कानिएर एकपटक भनेकी थिइन्–

‘प्रचण्ड त कहाँ हो कहाँ ? नानीहरू हुर्काउन गाह्रो थियो । छरछिमेकमा प्रेसर कुकरमा खान पकाउँथे । मेरो हैसियत थिएन । पढ्न जाने समयमा प्रकाशले जहिले छुस्स गर्नेमा पकाएको खान्छु भन्थ्यो । छिमेकी र आफन्तका छोराछोरी बोर्डिङ जान्थे । उनीहरू ड्रेस, टाइ लगाएर जान्थे । प्रकाशले त्यही नभई स्कूल जान्नँ भनेर रोएर हैरान पार्थ्यो । स्कूल जाने बेला दिनकै गंगाले फकाएर लान्थी ।’

प्रकाशले विना मगरसँग विवाह गर्दा जेठी बुहारी सिर्जना त्रिपाठी पनि नाति लिएर पोखराको हेम्जास्थित माइतीघर गएपछिको पीडामा सीताले यस पंक्तिकारसँग उक्त कुरा भनेकी थिइन् । उनले आफ्नो छोराले किन धेरै पढ्न सकेन ? भन्ने सन्दर्भ र नातिलाई धेरै पढाउने इच्छा भएकाले भक्कानिँदै प्रकाशको सन्दर्भ निकालेकी थिइन् ।

२०६३ मा माइती गाउँमा सीता२०६३ मा माइती गाउँमा सीता

****

२०४० देखि २०४२ सालसम्म चितवनको शिवनगरमै बसिन्, सीता । त्यसपछि भरतपुरको क्षेत्रपुरमा ऐलानी जग्गामा प्रचण्डले चार कोठे भवन बनाइदिए । २०४६ सालमा प्रचण्ड एकताकेन्द्रको महामन्त्री भएपछि पाटनको कुम्भेश्वरमा स–परिवारलाई डेरामा सरे । पार्टीले ‘जनयुद्ध’ शुरू गर्ने भनेपछि सीतालाई प्रचण्डले दस्ताबेज, बन्दुक, पेस्तोल, गोली, ग्रिनेटहरू देखाउन गोरखा पुर्‍याएका थिए ।

२०५२ फागुन १ गते ‘जनयुद्ध’ घोषणा गरेपछि कहिले कलंकी, कहिले नयाँ बसपार्कमा डेरा सर्दै बसिन्, सीता । २०५३ जेठमा सम्पन्न पहिलो केन्द्रीय समितिको बैठकपछि सिलिगुडीमा सेल्टर बनाउने निर्णय हुँदा बल्ल सीताले रेणु, गंगा र प्रकाशलाई लिएर डेरामा बस्न पाएकी थिइन् । ज्ञानुको विवाह कुम्भेश्वर बस्दैमा भएको थियो ।

रेणु र गंगाको विवाह गर्ने उमेर त पुगेको थिएन, तर उनीहरूलाई कहाँ राख्ने भन्ने तनाव थियो सीतालाई । त्यही भएर रेणु र गंगाको विवाह एकै दिन क्रमशः अर्जुन पाठक र नारायणविक्रम प्रधानसँग लखनउमा भयो ।

प्रकाशलाई कक्षा ५ देखि भारतमै पढाउन लागियो । विवाहपछि प्रकाशलाई रेणुले रेखदेख गर्न थालिन् । त्यसपछि प्रचण्ड र सीताले छोराछोरीको रेखदेखको चिन्ताबाट केही राहत महसूस गरेका थिए ।

भारतमा पनि भूमिगत जीवन बिताउँदाको लामो अनुभव सुनाएकी छन्, सीताले ।

‘इन्डियामा बेलुकी पख महिलाहरू सजिएर बस्ने चलन छ । बेलुकी श्रीमान् अफिसबाट आउने समय सिउँदोमा सिन्दुर, हातभरि चुरा लगाएर बस्नुपर्ने, म पनि त्यसैगरी नाटक गरेर बस्थें’, सीताले १० वर्ष भूमिगत बस्दाको अनुभूतिमा भनेकी छन् ।

पार्टीभित्रको अन्तर्विरोध मिलाउन श्रीमतीहरूमार्फत नै प्रयास गर्थिन्, सीता । प्रचण्ड र बाबुरामबीच लाबाङ बैठकमा परेको अन्तर्विरोधबारे सीताले हिसिला यमीलाई आ–आफ्नो श्रीमानलाई सम्झाउने प्रस्ताव समेत गरेकी थिइन् । 

जनयुद्धकालमा प्रचण्ड, बाबुराम, सीता र हिसिलाजनयुद्धकालमा प्रचण्ड, बाबुराम, सीता र हिसिला

सीताले लाजिम्पाट बस्दा भनेकी थिइन्, ‘जीवन भोगाइ हो । धेरै समय गुइँठाले खाना बनाएँ । शान्ति प्रक्रियामा आउने बेला भर्खर ग्यास सल्काउन जानेको थिएँ । अहिले संसारका फाइभस्टार होटलहरूको अनुभव लिएँ ।’

प्रचण्ड दुई कार्यकाल प्रधानमन्त्री हुँदा ‘फस्ट लेडी’को भूमिकामा रहिन् सीता । छोरी ज्ञानु र छोरा प्रकाशको निधनको चोट थपिएर पछिल्लो दुई वर्षदेखि अचेत रहेकी सीताले प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेको थाहा समेत पाइनन् ।

शक्तिमा छँदा पनि शक्तिको अभ्यास नगरेर सामान्य गृहिणीमै सीमित रहेकी सीताले आफ्नो अन्तिम बिदाइमा राजकीय सम्मान पाएकी छन् । पार्किन्सनलगायत दुर्लभ रोगहरूबाट ग्रसित सीताको बुधवार निधन भएको हो ।

माओवादी ‘जनयुद्ध’का प्रमुख कमान्डर प्रचण्डको श्रीमती भएर जुन ढंगले उनले समाजमा योगदान दिइन्, त्यसबाट सबैले ज्ञान लिनुपर्छ ।

१० वर्षे जनयुद्ध तथा ३ दशकसम्म नेपाली राजनीति र माओवादी पार्टीको उतारचढाव भोग्ने साक्षात साक्षी सीता दाहाललाई हार्दिक श्रद्धाञ्जली !

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist