मुआव्जा उचित नभएको भन्दै राष्ट्रिय प्रशारण लाईन प्रभावितकाे विरोध

लमजुङ । मर्स्याङदी कोरीडोरमा निर्माणाधिन २२० केभी राष्ट्रिय प्रशारण लाईन निर्माणको क्रममा वितरण गर्न लागिएकाे मुआव्जा उचित नभएकाे भन्दै प्रभावित स्थानीयले विरोध जनाएका छन् । 

राष्ट्रिय प्रशारण लाईन निर्माणको लागि नेपाल विद्युत प्राधिकरणले जग्गा अधिग्रहण गरीसकेको छ । मस्र्याङदी कोरीडोर अन्तर्गत बेसीशहर र मस्र्याङदीका प्रभावितहरुले मुआव्जा वितरण समानुपातिक नभएको भन्दै विरोध गरेका हुन् ।

प्रसारण लाईन निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मूल्य निर्धारण गर्दा समानुपातिक मूल्य निर्धारण नभएको उनिहरुको गुनासो छ । मुआव्जा निर्धारणका क्रममा प्रभावित जग्गाधनीको सहभागिता नरहेको र स्थानीयलाई जानकारी नदिई जग्गाको एकतर्फी रुपमा जग्गाको मूल्य निर्धारण गरीएकोमा उनीहरुले आपत्ती जनाएका छन् । 

प्रभावित जग्गाधनीहरुले जग्गाको पुनः मूल्य निर्धारण गरी भविष्यमा उपयोग हुन नसक्ने जग्गाको शतप्रतिशत मुआव्जा दिइनु पर्ने माग गरेका छन् ।

प्रभावितहरुले यसअघि पनि आवास र खेतीयोग्य जमिनको उचित मूल्य निर्धारण नभएको गुनासो गर्दै आएका हुन् । प्रशारण लाईनको टावर बाहेक हाइटेन्सन तारको दाँया बाँया प्रभावित क्षेत्रको पनि उचित मुआव्जा दिनुपर्ने उनीहरुको माग छ । विद्युत पोल रहने जग्गाको मुआव्जा दिएपनि तारको दाँयाबाँया जमिनको मुआव्जा नदिएको भन्दै उनीहरुले उक्त जमिन समेत उपयोग गर्न नसकिने भएकाले तारको दायाँबायाँ जमीनको पनि पुरै मुआव्जा मागेका हुन् ।

यस सम्बन्धमा पीडितहरुले बेसीशहरमा पत्रकार सम्मेलन गरी विरोध जनाएका छन् । आइतबार बेसीशहरको भीमसेनस्थानमा जम्मा भएका उनीहरुले जग्गा अधिग्रहण गर्दा अग्रिम जानकारी सहितको मञ्जुरी लिनुपर्ने, प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनबारे प्रभावितहरुलाई जानकारी गराउनुपर्ने, क्षतिपुर्ति र मुआव्जा निर्धारणका बेला स्थानीयको सहभागिता हुनुपर्ने, विद्युत प्रशारण लाईनको चुम्वकीय क्षेत्र भित्रको जमिनलाई लगतकट्टा गरी उचित मुआव्जा दिनुपर्ने लगायतका आफ्ना मागहरु प्रस्तुत गरे ।

कार्यक्रममा एपिक लमजुङका अध्यक्ष खेमजङ गुरुङ सहित स्थानीय प्रभावित विद्युत प्राधिकरणले पिडितहरुसँग बार्ताको माध्यमबाट समस्याको समाधान गर्नका लागि लचकता अपनाउने लिखित प्रतिवद्धता गरेपनि सो अनुरुप काम नभएको आरोप लगाए । उनीहरुले जग्गा प्राप्ति ऐन, २०३४ ले व्यवस्था गरेका प्रक्रिया विपरित गत जेठ ४ गते प्रकाशित मुआव्जा सम्बन्धी सूचना खारेज गर्न समेत माग गरे ।

यता जिल्ला प्रशासनले भने स्थानीय चलनचल्ती, मालपाेत, बैंक र वडाले निर्धारण गरेकाे दररेटलाई अाधार बनाएर मुअाब्जा दर निर्धारण गरिएकाे जनाएकाे छ ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist