बेसीसहरका दुई होटलबाट अनैतिक क्रियाकलापमा संलग्न सञ्चालक सहित ५ युवती पक्राउ

लमजुङ प्रहरीले सदरमुकाम बेसीशहरका विभिन्न होटलमा अनैतिक क्रियाकलापमा संलग्न रहेकाे आराेपमा होटल संचालकसहित ५ जनालाई पक्राउ गरेको छ ।

बेसीशहर नपा – ८  स्थित होटल हिमशिखर र ताप्लेजुङ तोङ्वा एण्ड सेकुवा कर्नरबाट संचालक सहित युवतीहरु पक्राउ परेका हुन । 

होटलमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले आईतबार गरेको सर्च अपरेशनका क्रममा ५ जना युवतीलाई पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।

युवती र होटल संचालक महिलाहरुले खाजा खान आउने ग्राहकहरुसँग वार्गेनिङ गरि अनैतिक क्रियाकलाप गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवतीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताको कसूरमा अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

पक्राउ परेका होटल संचालक र युवतीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist