लमजुङका आठ स्थानीय तहमध्ये मस्र्याङ्दी गाउँपालिकाले मंगलबार आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
पालिकाले कृषि, पर्यटन, उर्जा र पूर्वाधारको विकास नै समृद्ध गाउँपालिका निर्माणको आधार हुने यस वर्षको नीति तथा कार्यक्रममा जोड दिएको छ ।

मंगलबार भएको पहिलो गाउँसभाको वैठकमा आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पेश गर्दै पालिकाले अंगिकार गरेको नारा नै समृद्ध पालिका बनाउने सुत्र हुने उल्लेख गरे ।
नीति तथा कार्यक्रममा जनतासँग प्रत्यक्ष सम्बन्ध र सम्पर्क रहने वडा कार्यालयहरुको क्षमता विकास स्रोत साधनमा वृद्धि र प्रणालीको विकास गर्ने नीति अवलम्बन गर्न प्रस्ताव गरिएको छ ।

सेवाग्राहीले सरल र सहज तरिकाले सेवा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न सूचना प्रविधिको उच्चतम प्रयोग गर्न जरुरी रहेको पनि नीति कार्यक्रममा उल्लेख छ ।
नीति कार्यक्रममा पूर्वाधार विकास, आर्थिक विकासको गतिले मात्रै समृद्ध गाउँपालिका निर्माण गर्न सकिने ठहर गर्दै यस्तै विषयहरुलाई प्राथमिकतामा राखेर यो नीति तथा कार्यक्रम प्रस्ताव गरेको अध्यक्ष गुरुङले बताए ।

नीति तथा कार्यक्रममा एक्क वडा एक प्राविधिक, कृषि उत्पादन विक्रीका लागि कृषि एम्बुलेन्सको ब्यवस्था, कृषक वर्गिकरण गरि उत्पादनमा आधारित अनुदानको ब्यवस्था, कोशेली घर स्थापना तथा कृषि उत्पादनको समर्थन मुल्य निर्धारण, घरेलु साना उद्योगको स्थापना, पर्यटन पूर्वाधारको विकासलगायतलाई प्राथमिकतामा राखेको छ । एक घर एक रोजगारको नीतिलाई कानुनी ब्यवस्थामा परिणत गर्न प्रयत्न गर्ने पालिकाले जनाएको छ ।
गाउँसभामा उपाध्यक्ष जुनामाया थापा, वडाअध्यक्ष, कार्यपालिका सदस्य, सभा सदस्यहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईसहितका विभागिय कार्यालय प्रमुखहरुको उपस्थिति थियो ।


लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















