मर्स्याङ्दी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । निश्चित सुचकहरु पूरा गरेको आधारमा मंगलबार एक कार्यक्रमविच मर्स्याङ्दी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप पालिका हाम्रो प्रतिवद्धता’भन्ने नाराका साथ गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले पूर्णखोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गरेका हुन् ।

पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख लुल घलेले बताए ।

स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि चैत मसान्तभित्र जन्मिए देखि १५ महिना र १६ देखि २३ महिनाको पाईरहेका, पाईसकेका र छुटेका बालबालिकाहरुको खोपको घरभेट सर्वेक्षण गरिएको थियो । सो अबसरमा वडा नं. ९ मा छुटेका दुई बालबालिकालाई खोप दिइएको थियो ।

गाउँपालिकामा जन्मेदेखि १५ महिनाका २ सय ४२ र १६ देखि ४९ महिनाका ५ सय ५२ जना बालबालिकाले सबै प्रकारका खोप लगाएको तथ्याङ्क रहेको पब्लिक हेल्थ नर्स मोनिका तामाङले जानकारी दिईन् ।

गाउँपालिकामा १३ वटा स्वास्थ्य संस्थाले २७ वटा खोप केन्द्रबाट हरेक महिना तोकिएको मितिमा नियमित रुपमा खोप सेवा प्रदान गर्दै आएको छ । पालिकालाई २०७४ चैत ३० गते पूर्ण खोप सुनिश्चित घोषणा गरिएको थियो ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सबै स्वास्थ्य संस्थामा संघीय संरचना अनुरुपको निर्देशिकाअनुसार स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापन समिति र वडा खोप समन्वय समितिको गठन भै आ–आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गरिरहेको बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत तारा बहादुर तामाङ, वडाअध्यक्षहरु लगायतको उपस्थिति थियो । कार्यक्रमका सहभागीहरुले पूर्णखोप सुनिश्चता तथा दिगोपना कायमका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist