मर्स्याङ्दीमा शैक्षिक सत्र २०८० को क्यालेन्डर निर्माण

मर्स्याङ्दी  गाउँपालिकाले शैक्षिक सत्र २०८० को क्यालेन्डर निर्माण गरेको छ । बैशाख १७ गते पालिकामा भएको शैक्षिक कार्यशाला गोष्ठीबाट बार्षिक क्यालेन्डर निर्माण गरिएको हो ।

मर्स्याङ्दी  गाउँपालिकाको आयोजनामा स्थानीय शिक्षा समिति, सामाजिक बिकास समिति, परिक्षा समिति, प्रअ. तथा बि.ब्य.स.का अध्यक्षहरु बीच भएको एक दिने शैक्षिक कार्याशाला गोष्ठीले परिक्षा मिति, नतिजा प्रकाशन मिति, प्रअ बैठक, खेलकुँद प्रतियोगिता, स्थानीय विदा र अन्य कार्यक्रमसहितको क्यालेन्डर निर्माण गरेको हो ।

मर्स्याङ्दीमा पहिलो त्रैमासिक परीक्षा २०८० भदौ ६ देखि १३ सम्म हुनेछ भने, नजिता प्रकाशन भदौ २१ गते हुनेछ । दोस्रो त्रैमासिक परीक्षा पुस ५ देखि १३ सम्म हुनेछ भने नतिजा प्रकाशन पुस २० गते हुनेछ । अन्तिम परीक्षा चैत्र १४ देखि २१ सम्म र नतिजा प्रकाशन चैत २८ गते हुनेछ ।

पालिकाले कक्षा १० को एसईई अभ्यास परीक्षा माघ २८ गते देखि फागुन ९ सम्म र नतिजा प्रकाशन फागुन १३ गतेलाई तोकेको छ । यस बाहेक नियमित मासिक परीक्षा विद्यालयले गर्नसक्नेछ भने शुक्रवारीय कार्यक्रमहरु विद्यालयहरुले आ–आफ्नो तरिकाले अनिवार्य रुपमा सञ्चालन गर्नुपर्नेछ ।

मर्स्याङ्दीमा यस बर्षको बर्षे विदा असार ९ देखि साउन २० गते सम्म हुने भएको छ । विद्यालयले बढीमा ५ वटा स्थानीय विदा दिन सक्नेछन । यसैगरी पालिकाभरी जेठ २६ गते छात्रवृद्धि वितरण दिवस मनाइने भएको छ । सो दिन सबै विद्यालयले कार्यक्रम आयोजना गरि छात्रवृद्धी वितरण गर्नुपर्नेछ ।

यसैगरी यो बर्ष पालिकामा प्रअ बैठक ५ पटक बस्ने भएको छ । जेठ १९, भदौ २२, मंसिर ८, माघ २६ र चैत १३ गतेलाई प्रअ बैठक मिति तोकिएको छ । जेठ २८ र मंसिर ७ गते विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुको बैठक तोकिएको छ । कक्षागत र विषयगत रुपमा त्रैमासिक परीक्षाको आधारमा पाठ विभाजन गरिएको छ भने, विषयगत संयोजकहरुले एक हप्ता भित्र वार्षिक शैक्षिक योजना बुझाउनुपर्ने छ ।

यसैगरी मर्स्याङ्दी  कप २०८० मंसिर १४ देखि १६ सम्म हुनेभएको छ । सो अबसरमा ङादी खेल मैदान, महेन्द्रदेव मा.वि., तराञ्चेमा आ.वि. स्तरिय फुटबल, मा.वि. स्तरिय छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा १०० मी. २०० मी., ४०० मी. १५०० मी. ३००० मी. दौड, १००×४ मी. ४००×४ मी. छात्र÷छात्रा सर्टपुट, ज्याब्लिङ थ्रो, लङ जम्प, त्रिपल जम्प, हाईजम्प, आ.वि. स्तरिय छात्र÷छात्रा टेबल टेनिस खेल हुनेछ । अब सबै आ.वि.र मा.वि.मा कम्तिमा एउटा स्ट्यान्डर्ड साईजको टेबल टेनिस बोर्ड निर्माण गर्नुपर्नेछ । भदौ २२ गते शिक्षा दिवसको अबसरमा उत्कृष्ठ शिक्षक, विद्यार्थी, विद्यालय, पेन्सन बसेका शिक्षकहरुलाई सम्मान, सांस्कृतिक कार्यक्रम, शिक्षक, अभिभावक, वि.व्य.स., जनप्रतिनिधीविच मैत्रीपूर्ण भविलबल प्रतियोगिता, मा.वि. स्तरिय बक्तृत्वकला प्रतियोगिता गरिने भएको छ ।

यो बर्ष हस्त लेखन तालिम, खेल शिक्षकलाई तालिम, प्रअहरुलाई आईटी तालिम, तहगत विषयगत तालिमहरु, पाठ्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिने गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । अध्यक्ष गुरुङका अनुसार यो अबधीमा विद्यालयहरुको पूर्ण रुपमा अनुगमन गरिनेछ । विद्यालय मर्ज, दरबन्दी मिलानका काम हुनेछन ।

यस वर्ष बजेट घटेर आउने लक्षण देखिएपनि विद्यालयहरुको समस्यालाई समाधान गर्ने प्रयास गरिने अध्यक्ष गुरुङले बताए । शैक्षिक गोष्ठीलाई संवोधन गर्दै अध्यक्ष गुरुङले नियमित विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्टाफ बैठकहरुको आयोजना गर्ने, नतिजामा केन्द्रित भएर योजना निर्माण गर्न, प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिए । विद्यालयको अध्यक्षले प्र.अ.र अन्य शिक्षकको प्रभावकारी टिमवर्क भए नभएको गहन रुपले अध्ययन गरि बलियो टिमवर्क निर्माण गर्न हरदम प्रयत्न गर्नुपर्ने सुझाव दिए । बलियो टिमवर्कले मात्रै नतिजा निकाल्न सक्ने उनको भनाई थियो ।

विद्यालयप्रति अभिभावकहरुलाई जिम्मेवार बनाउन अभिभावक भेलाहरु आयोजना गर्ने, विद्यार्थी मोटिभेसन कार्यक्रम सञ्चालन र प्रभावकारी अतिरिक्त कार्यक्रमहरु आयोजना गर्न अध्यक्ष गुरुङले सुझाव दिए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist