आजभोली मौसम धुम्म छ । तुयाँलोले जनजीवन अस्तब्यस्त छ । मौसममा फेरबदल हुनुको साथै वायु प्रदूषण बढ्दा स्वास्थ्य समस्या देखिन थालेको छ । हावाहुरी, वर्षा तथा अन्य समयमा स्वास्थ्यमा कसरी हेरविचार गर्ने त ? समुदाय तथा बालबालिकामा स्वास्थ्य र शिक्षामा सुधार गर्न मर्स्याङ्दी गाउँपालिकाले अबका दिनमा समुदायस्तरमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
गाउँपालिका भित्र रहेका स्वास्थ्य चौकीहरुले महिनामा एक दिन आफ्नो वडाको हरेक विद्यालय र कम्तिमा दुईवटा गाउँमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएका हुन् । ‘समुदाय तथा बालबालिकामा देखिने स्वास्थ्य समस्या हटाउन स्वास्थ्य शिक्षा कार्यक्रम लागु गर्न लागेका हौं’, गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भने, ‘यो कार्यक्रमले समुदायमा स्वास्थ्य सचेतना बढ्छ र नागरिकहरु निरोगी बन्नेछन् ।’
कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यालय तथा स्वास्थ्यकर्मीहरुलाई रचनात्मक ढंगबाट लाग्न उनले आग्रह गरेका छन् ।
‘समुदाय तथा विद्यालय स्तरमा सरसफाई, स्वच्छ र अर्गानिक खानेकुराको प्रयोग, रोग र महामारीसंग कसरी लड्ने भन्ने विषयमा कार्ययोजनासहित समुदाय र विद्यालयमा पुग्ने योजना बनाएका छौं’, स्वास्थ्य शाखा प्रमुख लुलबहादुर घलेले भने, ‘गाउँ गाउँ पुग्दा स्वास्थ्य समस्या बुझ्न पाउनुको साथै, दीर्घरोगीको हेरविचार गर्न पाइन्छ ।’
प्रमुख प्रशासकिय अधिकृत ताराबहादुर तमाङले गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा एउटा नविनतम कामको थालनी गरेको बताए । यस कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट कार्यन्वयन गरिने उनले बताए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















