मर्स्याङ्दी । मर्स्याङ्दी गाउँपालिकाका केहि विद्यालयमा रहेका विद्यार्थीहरुलाई कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । चाईना फाउण्डेसनको सहयोगमा उपलब्ध कपडा लगायतका सामग्री नेकपा माओवादी केन्द्रका महासविच एवम् पूर्व मन्त्री देव प्रसाद गुरुङको प्रमुख आतिथ्यतामा वितरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गदै गुरुङले विद्यार्थीको शैक्षिक तथा चेतना विकास गर्न चाइना फाउण्डेसनले नेपाल जस्ता थुप्रै देशमा काम गरिरहेको बताए। जसले नेपाली जनता र चिनिया जनता वीचको सुमधुर सम्बन्ध विकास गरेको कार्यक्रमका प्रमुख अतिथि गुरुङले बताए । साथै अहिले देखिएको राजनीतिक तरलता, एकले अर्कोलाई निषेध गर्ने प्रवृत्ति, अरुका विचार कत्ति पनि स्वीकार नगर्ने जस्ता प्रवृत्तिले देश थप शंकटमा परेको जोड दिँदै नेता गुरुङले अब सबैको अस्तित्व र विचारलाई मिलाएर राष्ट्रिय सहमति गर्न सकियो भने देश जोगिने धारणा राखेका थिए ।
चाईना फाउण्डेसन फर पोभर्टी एलिभेसनको आर्थिक सहयोग तथा ग्लोबल कोअपरेसन फर रुरल डेभलपमेन्टको समन्वयमा मर्स्याङदी गाउँपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कपडा वितरण कार्यक्रम सम्पन्न भएको हो ।
मर्स्याङ्दी गाउँपालिका ९ पामचोक स्थित श्री सरस्वति सदन आधारभूत विद्यालयका ५८ जना, मर्स्याङ्दी ९ सिम्पानि स्थित श्री गणेश माविका ६१, मर्स्याङ्दी ३ खुदि स्थित श्री अमर माविका ७४, सोही गाउँपालिका ७ तरान्चेस्थित श्री महेन्द्र देव माविका ८२ जना र वडा नं. २ घनपोखराको श्री त्रिभुवन माविका १ सय १ जना गरि ३ सय ७६ जना विद्यार्थीलाई कपडा वितरण गरिएको ग्लोबल कोअपरेसन फर रुरल डेभलपमेन्टका अध्यक्ष मुक्ति मरासिनीले जानकारी दिएका छन् ।
कपडा वितरण कार्यक्रममा चाईना फाउण्डेसन फर पोभर्टी एलिभेसनका कन्ट्रि डाइरेक्टर म्याडम जौ, स्टाफ सुरेश प्याकुरेल, ग्लोबल कोअपरेसन फर रुरल डेभलपमेन्टका फिल्ड सुपरभाइजर उत्तम कार्की, मर्स्याङ्दी गाउँपालिकाका निर्वतमान उपाध्यक्ष होम बहादुर बिक,वडा नं. ९ का वडा अध्यक्ष हरिश्चन्द्र थापा, नेकपा माओवादी केन्द्र निकट वाईसिएलका जिल्ला अध्यक्ष कृष्ण गुरुङ, लमजुङ् जिल्ला अस्पतालको व्यवस्थापन समितिका सदस्य बासु थापा लगायत विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















