वेसीशहर । वेसीशहरस्थित लमजुङ अस्पतालमा गुणस्तरीय सेवा दिने उद्देश्यले नवनिर्मित ल्याव भवन र नयाँ थाइराइड मेशिनको उद्घाटन भएको छ । मेशिन र ल्याव भवनको सोमवार एक कार्यक्रमका वीच नेकपा माओबादी केन्द्रका महासचिव देव गुरुङले उद्घाटन गरेका हुन् ।
अस्पतालमा उपलब्ध सेवा सुविधाको उद्घाटन गर्दै माओबादी नेता गुरुङले अस्पतालको सेवा बृद्धिका लागि आफु र आफ्नो पार्टी सदैव लागिरहने बताए । पूर्व मन्त्री समेत रहेका नेता गुरुङले लमजुङ जिल्लामा भावि दिनमा सुविधा सम्पन्न भवन सहित नर्सिङ शिक्षा समेत सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै यसका लागि आफूले सक्दो सहयोग गर्ने बचतबद्धता व्यक्त गरे ।
थाइराइड चेकजाँचका लागि लमजुङ अस्पतालमा आएका विरामीलाई मेशिन नभएका कारण अन्यत्र पठाउनु परेको अवस्थामा मेशिन र ल्यावको व्यवस्थापनले ठूलो राहत पुगेको बताइएको छ । लमजुङबात धेरै विरामी थाइराइड जाँच गर्नका लागि धेरै खर्च गरेर अन्यत्र जानुपर्ने भएकोले अस्पतालको आन्तरिक श्रोतबाट उक्त मेशिन खरिद गरिएको बताइएको छ । मेशिन ७० लाख रुपैयाँमा खरिद गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ तामाङले जानकारी दिएका छन् ।
झण्डै २१ वर्षसम्म एच.डि.सि.एसले सञ्चालन गरेर यस अस्पताल मार्फत सेवा गरेका उक्त अस्पताल गण्डकी प्रदेश सरकारले विगत ४ महिना अघि मात्रै आफ्नै स्वामित्वमा लिएको हो ।
छोटो औपचारिकताको रुपमा आयोजना गरिएको उक्त उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी, संविधान सभा सदस्य लाल बहादुर गुरुङ, व्यवस्थापन समितिका अध्यक्ष हरिजंङ तामाङ, मेसु डा रमेश आचार्य, डाक्टरहरू, ल्यावका लगायत अस्पतालका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















