हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने कार्यक्रम सबै पालिकामा शुरु

लमजुङ जिल्लाका आठबटै पालिकाहरुमा विशेष रुपमा हात्तीपाईले विरुद्धको औषधी खुवाउने कार्यक्रम शुरुवात भएको छ । सुन्दरबजार नगरपालिकामा नगर प्रमुख कृष्ण प्रसाद कोइरालाले सुन्दरबजारको मिलनचोकमा औषधी खाएर कार्यक्रमको औपचारिक शुरुवात गरेका छन् । यसैगरी जिल्ला स्वास्थ्य कार्यालयमा वेसीशहर नगरपालिका प्रमुख गुमान सिं अर्याल, प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरी, प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमल लगायत जिल्लाका विभिन्न कार्यालय प्रमुखहरुले औषधी खाएर कार्यक्रमको शुरुवात गरेका छन् ।

यसैगरी जिल्लाका अन्य पालिकाहरुमा पालिका प्रमुखहरुले प्रत्येक नगरपालिका र गाउँपालिकाका स्वास्थ्य शाखाको समन्वयमा औषधी खाएर औषधी खाने कार्यक्रमको शुरुवात गरेका छन् ।

जिल्लामा हात्तीपाईले रोग नियन्त्रणका लागि सन् २००९ देखि औषधी खुवाउने कार्यक्रम लागु भएको थियो तर केहि पालिकाहरुमा अझै पनि हात्तीपाईले रोगका विरामीहरु देखिएकोले यसपटक औषधी खुवाइएको हो ।


लमजुङमा यस बर्ष १४ चरणमा हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउन लागिएको हो । फागुन ११ गतेदेखि सुरु हुने अभियान अन्तर्गत पहिलो दिन वडा तथा टोललमा स्वास्थ्य सस्था तथा बुथमार्फत हात्तिपाइले विरुद्धको औषधि खुवाइने भएको छ । सवै नागरिकले औषधि सेवन गरेमा रोग निवारण गर्न सकिने वताउदै स्वास्थ्य कार्यालयका निरिक्षक वरालले २ वर्ष मुनिका वालवालिका गर्भवती तथा सुत्केरी महिला र कडा रोगका विरामी वाहेक सवैले निर्धक्क भएर औषधि सेवन गर्न समेत आग्रह गरेका छन् ।

अभियान अन्तर्गत यसवर्ष दुई वर्ष मुनिका बालवालिका र गर्भवती महिला वाहेक जिल्लाका १ लाख ४६ हजार ७ सय ४२ जना लाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । औषधि खुवाउने अभियानमा जिल्लाभर ४ सय २८ स्वास्थ्यकर्मी र ६ सय ७० महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन् ।

सबै पालिकाका स्वास्थ्य शाखाले आयोजना गरेको औषधी खुवाउने कार्यक्रममा हात्तीपाईले रोग निवारण गर्नको लागि सबैलाई औषधी खान आब्हान गरिएको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist