जनयुद्ध दिवसको अवसरमा शहिद परिवार र द्वन्द पिडितलाई सम्मान

नेपाल कम्प्युनिष्ट पार्टी (माओबादी केन्द्र), सुन्दरबजार नगर समितिले जनयुद्ध दिवसको अवसरमा सोमबार दुराडाँडामा शहिद, वेपत्ता एवं द्वन्दपिडित सम्मान तथा वनभोज कार्यक्रमको आयोजना गरेको छ ।

माओबादी केन्द्रले २८औं जनयुद्ध दिवसको अवसरमा पालिका भित्रका शहिद परिवार, वेपत्ता पारिएका परिवार एवं द्वन्द पिडित परिवारलाई सम्मान समेत गरेको छ ।
सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गतेलाई सार्वजनिक विदा दिएका थियो ।

२०५२साल फागुन १ गतेबाट तत्कालिन नेकपा (माओबादी) पार्टीले विभिन्न माग राख्दै जनयुद्ध शुरु गरेको थियो । जनयुद्धको ११ बर्षपद्धि २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो।त्यसपछि नेपालमा संविधान सभाको निर्वाचन भई नयाँ संविधान निर्माणको साथै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको थियो।

कार्यक्रमको अवसरमा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै माओबादी केन्द्रका महासचिव देव प्रसाद गुरुङले राज्यको रुपान्तरणको जग नै जनयुद्ध भएको बताए । जनयुद्ध पछि विस्तृत शान्ति सम्झौता भई देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताए ।
गणतन्त्र स्थापनाको पहिलो श्रेय माओबादीलाई जाने बताउँदै महासचिव गुरुङले संविधान सभा, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्याय जस्ता महान उपलब्धी जनयुद्धको बलमा नै स्थापित भएको बताए ।

यसैगरी नेता गुरुङले अहिलेको देशको आवश्यकता भनेको राष्ट्रिय सहमति भएको बताउँदै राष्ट्रिय सहमति कायम गरेर बलियो सरकार बनउनु पर्ने बताए । नेता गुरुङले पटक पटकको परीक्षणबाट देश पछि परेको भन्दै अव माओबादीको नेतृत्वमा सरकार बनिसकेको अवस्थामा सबै पार्टीहरुलाई एकजुट गराएर देश विकासमा लाग्न आफूहरु लागिरहेको उल्लेख गरे ।

कार्यक्रमको अवसरमा शहिद परिवारको तर्फबाट हिमकुमारी सुनार, गोमा कुमारी भट्टराई, सरला अधिकारी, शान्ता सापकोटा र विमला तामाङलाई सम्मान गरिएका थियो । यसैगरी द्वन्द पिडितहरु धनमति गुरुङ, चन्द्रकान्त अधिकारी, सूर्यकान्त शर्मा र बाबुराम परियारलाई सम्मान गरिएको बताइएको छ ।

कार्यक्रमको अवसरमा १ सय ५० भन्दा बढी व्यक्तिहरुको सहभागितामा वनभोज कार्यक्रमको समेत आयोजना भएको थियो ।

कार्यक्रममा महासचिव देव गुरुङ सहित केन्द्रिय सदस्य बुद्धिराम तमु, बैकल्पिक केन्द्रिय सदस्य तथा जिल्ला संयोजक लाल बहादुर गुरुङ, वाईसिएल केन्द्रिय सचिव, प्रदेश कमिटि सदस्य तथा नगर इन्चार्ज सुनिल सुनार अटल, नगर अध्यक्ष मुमारी भूजेल लगायत पदाधिकारी एवं नगर समितिका सदस्य र माओबादी कार्यकर्ताको उपस्थिति रहेको थियो ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist