जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा राईनास प्रथम

जिल्ला स्तरीय चौंधौं राष्ट्रपति रनिङ शिल्डको उपाधि आयोजक राईनास नगरपालिकाले प्राप्त गरेको छ ।

राईनास नगरपालिकाले प्रतियोगितामा १४ स्वर्ण ९ रजत र १५ कास्य पदक सहित प्रथम स्थान प्राप्त गरेको हो । यसैगरी दोश्रो स्थान प्राप्त गर्ने सुन्दरबजार नगरपालिकाले १२ स्वर्ण, १४ रजत र ११ कास्य पदक प्राप्त गरेको छ भने तेश्रो हुने वेसीशहर नगरपालिकाले ४ स्वर्ण ४ रजत र ७ कास्य पदक प्राप्त गरेको छ ।

प्रतियोगितामा अनुशासित खेल प्रदर्शन गरी पुरस्कृत भएको मस्र्याङ्दी गाउँपालिकाले २ स्वर्ण, २ रजत र ४ कास्य पदक प्राप्त गरेको छ । त्यस्तै दूधपोखरी गाउँपालिकाले १ रजत र १ कास्य पदक प्राप्त गरेको छ । प्रतियोगितामा दोर्दी गाउँपालिकाले ९ रजत र ३ कास्य पदक प्राप्त गर्यो भने मध्यनेपाल नगरपालिकाले ३ स्वर्ण, २ रजत र १ कास्य पदक प्राप्त गर्यो ।

यसैगरी क्होंलासोथार गाउँपालिकाले २ स्वर्ण, १ रजत र २ कास्य पदक प्राप्त गरेको छ । क्व्हाेंलासाेंथरले अर्को बर्षको जिल्लास्तरीय पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड खेलको आयोजना गर्नेछ ।

प्रतियोगितामा पुरस्कृत खेलाडीहरुलाई मंगलबार राईनास नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर गुरुङ र सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद कोइरालाले संयुक्त रुपमा पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा प्रथम हुने पालिकालाई २० हजार रुपैयाँ नगद, रनिङ शिल्ड, ट्रफी र विद्यार्थीहरुलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो । त्यसैगरी द्वितीय हुने पालिकालाई १५ हजार रुपैयाँ नगद तथा ट्रफी, विद्यार्थीहरुलाई मेडल र प्रमाण पत्र तथा तृतीयलाई १० हजार रुपैयाँ नगद, ट्रफी तथा विद्यार्थीलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रम समापनको अवसरमा बोल्दै प्रमुख अतिथि राईनास नगरपालिकाका प्रमुख खड्ग बहादुर गुरुङले खेलाडीले खेल प्रदर्शन मार्फत राष्ट्रको ईज्जत राख्न सहयोग गर्ने भएकोले खेलाडीहरुलाई पालिकाले हौसला प्रदान गर्नुपर्ने बताए । जिल्लामा विजयी भएका खेलाडीहरुलाई क्षेत्रीय स्तरको खेलमा जिल्लाको नाम राख्ने गरी तयारी गर्न सबै पालिका तथा सम्बन्धित विद्यालयलाई आग्रह गरेका थिए ।

समापनको अवसरमा बोल्दै विशेष अतिथि सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद कोइरालाले खेलको माध्यमबाट मानसिक र शारीरिक विकास हुने भएकोले अनुशासनको आवश्यकता पर्ने भन्दै अनुशासित तवरले खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई आफूलाई अब्बल दर्जाको खेलाडीको रुपमा प्रस्तुत हुन र आगामी दिनमा अझै प्रगति गर्न शुभकामना दिए ।

प्रतियाेगिता राईनास नगरपालिकाकाे गौलीटार क्षेत्रीय खेल मैदानमा आयोजना गरिएको थियाे ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist