पृथ्वीसुब्बालाई बधाई दिँदै देव गुरूङले भने : `दुवै मिलेर फेरि बाम एकताकाे पहल गराैं´

गएकाे स्थानीय निर्वाचन अघि नै माओवादी केन्द्रका महासचिव देव गुरूङ र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ बाम गठबन्धन हुनुपर्ने अभिव्यक्ति दिईरहन्थे । तर, दुवै पार्टीका नेतृत्वले उनीहरूकाे प्रयासलाई ईन्कार गरिदिए ।

२०७४ को स्थानीय तह चुनावमा देशभर कांग्रेस–माओवादी तालमेल भइरहँदा लमजुङमा ‘बाम गठबन्धन’को सुरुवात भएको थियो । पछि केन्द्रीय स्तरमै पार्टी एकीकरण गर्नेगरी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा देशभर तालमेल भयाे । ०७४ मा देवप्रसाद गुरुङ एमालेको सहयोगमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । यसपटक पनि निर्वाचनअघि पृथ्वीसुब्बा र देवप्रसादविच गठबन्धन गर्ने विषयमा छलफल भएकाे थियाे । `चुनाव अघि पनि गठबन्धनका विषयमा उहाँ र मेराेविच कुराकानी त भएकाे हाे, तर सार्थकता पाएन´, एमाले उपमहासचिव गुरूङले भने ।

दुवै नेता यसपटककाे चुनावमा आमनेसामने हुन नपराेस भन्ने चाहना राख्थे । तर, पार्टीले दुवैलाई जुधाईदियाे । काँग्रेससहितकाे गठबन्धनमा देव गुरूङ मैदानमा आउँदा पृथ्वीसुब्बा एक्लै लडे । कांग्रेसको सहयोगमा प्रतिनिधिसभामा जाने देवप्रसादको रहर पूरा हुन सकेन । २०७४ मा देव गुरुङको सहयोगी बनेका पृथ्वीसुब्बा गुरुङले अहिले उनैलाई हराउँदै ५ वर्षका लागि संसदको यात्रा तय गरे।

विहिबार विहान साँढे ३ बजे परिणाम आएपछि करिव नाै बजेतिर देव गुरूङ बधाई दिन पृथ्वीसुब्बा बसेकाे हाेटलमा पुगे ।

पत्नी यशाेदा सुवेदी र जिल्ला ईन्चार्ज पारशमणी पाैडेलसहित पुगेका गुरूङले पृथ्वीसुब्बालाई बधाई तथा कार्यकाल सफलताको शुभकामना मात्रै दिएनन, फेरि एकपटक बाम एकताकाे पहल गर्न आग्रह गरे ।

गुरूङ पत्नी एवं स्थायी कमिटी सदस्य सुवेदीले पनि बाम एकता र सहकार्यकाे पहल गर्न आग्रह गरिन । `भेटघाटमा फेरि बाम एकताकाे विषयमा छलफल भयाे´, पृथ्वीसुब्बाले भने, `अब फेरि सरकार बनाउँदा कार्यगत एकता गराैं, त्यसपछि बिस्तारै पार्टी एकताकाे पनि वातावरण बन्छ भनें, उहाँले हुन्छ भन्दै मुन्टाे हल्लाउनुभयाे ।´

भेटघाटमा दुवैले देशमा ६५ प्रतिशत मत कम्युनिष्टको भएपनि कम्युनिष्ट एक नहुँदा अरुले मौका पाउने गरेको बताएका थिए । यसअघि गरिएको एमाले-माओवादी एकता टिकाउन नसकेकोमा दुवै पक्षले गहिरो समीक्षा गरेर फेरि एकता गर्ने बेला आएको यी दुई नेताले बताएका छन् ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist