नेकपा एमालेका उपमहासचिव एवं लमजुङबाट प्रतिनिधिसभामा निर्वाचित पृथ्वीसुब्बा गुरुङले कम्युनिस्ट वाम शक्तिबीच एकता आवश्यक रहेको बताएका छन् ।
वाम शक्ति एक नहुँदा त्यसको फाइदा कांग्रेस लगायत अन्य शक्तिले सधैं लिइरहने उनको भनाइ थियो । निर्वाचन अधिकृतको कार्यालयले विजेताको प्रमाणपत्र दिएपछि शुक्रबार सञ्चारकर्मीहरूसँग उनले भने, ‘मैले सुरुदेखि नै वाम शक्तिबीच एकता हुनुपर्छ भनिरहेछु। त्यो अभियान फेरि पनि जारी राख्छु ।’
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनलाई बधाई दिने क्रममा नेकपा माओवादी केन्द्रका महासचिव एवं प्रतिनिधिसभा उम्मेदवार देवप्रसाद गुरुङले दुवै मिलेर वाम शक्तिलाई एक गराउनेतर्फ लाग्नुपर्ने सुझाव थिए । दुवै नेताले चुनाव अघि नै बाम शक्ति एक ठाउँमा हुनुपर्ने धारणा राख्दै अाएका थिए ।
‘म देशभक्त, वामपन्थी, गणतन्त्रवादी शक्ति एक हुनुपर्छ, एकता हुनुपर्छ भन्ने विचार बोकेको व्यक्ति हुँ । वाम शक्तिबीच कार्यगत एकताको नीति हुनुपर्छ,’ एमाले उपमहासचिव गुरूङले भने ।
अहिलेको जनमतले कुनै एउटा दलको बहुमत नपुग्ने पनि उनले बताए । ‘अहिलेको जनमतले के देखियो भने कुनै पनि दलले बहुमत प्राप्त गर्दैन । कुनै पार्टीलाई बहुमत नदिएपछि समन्वयको आधारमा, मिलिजुली आधारमा, गठबन्धनको आधारमा सरकार बनाउनुपर्ने देखिन्छ’ उनले भने ।
उनले आफू मुख्यमन्त्री भएको बेला अगाडि सारिएका कार्यक्रमहरू संघीय सरकारले पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । लमजुङे जनताकाे अभिमत मर्न नदिनेगरि जिल्लाको समृद्धि र विकासमा लागिपर्ने उनले प्रतिबद्धता जनाए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















