लमजुङमा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङले सुन्दरबजार नपा-२ भाेटेओडारस्थित भारती सदन मावि मतदान केन्द्रमा मतदान गरेका छन् । साेहि मतदान केन्द्रमा नेकपा समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष राजु कार्कीले पनि मतदान गरेका छन् ।
प्रतिनिधिसभा सदस्य उम्मेदवार एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङले क्ब्हाेँलासाेँथर गाउँपालिका-९ बुद्दाेदय मावि गिलुङमा मतदान गरेका छन् ।
निर्वाचन आयुक्त जानकी कुमारी तुलाधरले सुन्दरबजार नगरपालिका-२ काे महेन्द्र मावि मतदान केन्द्रबाट मतदान गरेकी छन ।
मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार लमजुङमा १ लाख ३३ हजार ५ सय ५९ जना मतदाता छन् । प्रदेश-१ मा ६३ हजार ५ सय ७५ र प्रदेश-२ मा ६९ हजार ९ सय ८४ मतदाता छन । स्थानीय चुनावपछि २ हजार ६५ मतदाता नयाँ थपिएका छन् ।
निर्वाचन कार्यालयका अनुसार निर्वाचनका लागि सुरक्षाकर्मी बाहेक १ हजार ४ सय ९७ जना कर्मचारी खटिएका छन् । जिल्ला निर्वाचन अधिकृत नारायणप्रसाद सापकोटाले मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी कर्मचारी खटिएको बताए । निर्वाचनमा सहयोग गर्न ७ सय २८ जना स्वयंसेवक खटिएका छन् ।
लमजुङमा २ वटा अस्थायीसहित १ सय ३० मतदान स्थल छन् । सवै मतदान केन्द्रहरूमा शान्तिपुर्ण रूपमा मतदान भएकाे प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















