लमजुङमा ६० दशमलव ५९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कुल मतदाता एक लाख ३३ हजार ५ सय ५९ मत रहेको लमजुङमा ८० हजार ९ सय १७ मत अर्थात् ६० दशमलव ५९ प्रतिशत मत खसेको हो ।
जसमा महिलाको ४२ हजार ९३२ मत र पुरुषको ३७ हजार ९ सय ८५ मत खसेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।
जिल्लाका १३० मतदान स्थलका १ सय ८८ मतदान केन्द्रहरुमा ६० दशमलव ५९ प्रतिशत मत खसेको हो ।
मतदान स्थलहरुबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याईसकिएकाे छ । एक निर्वाचन क्षेत्र रहेको लमजुङमा शान्तपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















