जिल्ला अस्पताल लमजुङको अध्यक्षमा हरिजंग तामाङ चयन

लमजुङ । जिल्ला अस्पताल लमजुङ व्यवस्थापन समितिको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का कार्यालय सचिव हरिजङ तामाङ चयन भएका छन् ।

बेंसीशहर नगरपालिका–१० निवासी तामाङलाई गण्डकी प्रदेश मन्त्रीपरिषद्को गत भदौ २० गते बसेको बैठकले अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको हो । सदस्यमा सत्ता गठबन्धन दल नेपाल समाजवादी पार्टीका बसन्तबहादुर थापा र नेकपा (एकीकृत समाजवादी) का मोहनबहादुर थापालाई नियुक्त गरिएको छ ।

गण्डकी प्रदेशको नेतृत्व गरिरहको नेपाली काँग्रेसबाट भने कोहीपनि सदस्यमा रहको पाइएको छैन् । अस्पताल ब्यवस्थापनका अध्यक्ष र सदस्यबारे बुधबार सदरमुकाम बेसीसहरमा भएको गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको समिक्षा कार्यक्रममा जानकारी गराइएको हो ।

मनोनित अध्यक्ष तामाङलाई स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले टिका लगाए भने स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले जिम्मेवारी सहितको पत्र प्रदान गरिन । अध्यक्षमा चयन भएका तामाङले जिल्ला अस्पतालमा हाल प्रवाह हुँदै आएको सेवालाई कत्ति पनि घट्न नदिई थप व्यवस्थित बनाउने प्रतिवद्धता जनाए ।

अस्पताल सञ्चालनका लागि नेपाल सरकार र गण्डकी प्रदेश सरकार, मानव विकास सामुदायिक सेवाबीच भएको सम्झौता खारेज गर्दै गण्डकी प्रदेश सरकार आफैं अस्पताल सञ्चालन गर्ने निर्णय गरेको थियो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist