मनाङमा प्रतिनिधि सभामा कांग्रेसबाट टेकबहादुर गुरुङ सर्वसम्मत, प्रदेशमा मनाङेलाई समर्थन

मनाङ । नेपाली कांग्रेस मनाङले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा केन्द्रीय सदस्य टेकबहादुर गुरुङलाई सर्वसम्मत सिफारिस गरेको छ । मनाङ कांग्रेसको जिल्ला कार्यसमिति बैठकले क्षेत्रबाट आएको सिफारिस अनुसार नेता गुरुङलाई एकल र सर्वसम्मत रुपमा उम्मेदवारको रुपमा सिफारिस गरेको पार्टी जिल्ला सभापति शंकर गुरुङले जानकारी दिए ।

यसैगरी प्रतिनिधि सभाको समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधि च्यूङ गुरुङ (कर्मा)लाई सिफारिस गरिएको छ ।

प्रदेश सभा निर्वाचनका लागि निर्वाचन क्षेत्र ‘क’ मा भने कांग्रेसले प्रत्यक्षतर्फ चारजनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फको उम्मेदारका लागि सिफारिस हुनेहरुमा पार्टी महासमिति सदस्य साङदो लामा, जिल्ला उपसभापती चन्द्र घले, क्षेत्रिय सभापती छिरिङ घ्याल्पो लामा र प्रदेश अधिवेशन प्रतिनिधी मुनिन्द्रजङ गुरुङ रहेका छन् ।  प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ का लागि समानुपातिकतर्फ जिल्ला सचिव महेन्द्र घले सर्वसम्मत सिफारिस भएका छन् ।

कांग्रेस मनाङले आगामी मंसिरमा हुने प्रदेश सभा निर्वाचन ‘ख’का लागि राजीव गुरुङ (दिपक मनाङे) लाई समर्थन गर्ने भएको छ । प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेको मनाङमा निर्वाचन क्षेत्र नं. ‘ख’ मा स्वतन्त्र उम्मेदवारको रुपमा राजिव गुरुङलाई समर्थन गर्ने निर्णय भएको जिल्ला सभापति शंकर गुरुङले जानकारी दिए । 

गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउन भूमिका खेलेका वर्तमान खेलकुद मन्त्री गुरुङलाई गठबन्धनको भावना र पार्टीको नीतिअनुसार सहयोग गर्ने निर्णय गरेको कांग्रेस मनाङले जनाएको छ । मनाङे गण्डकी प्रदेश सरकारमा युवा तथा खेलकुँदमन्त्री छन् ।

अघिल्लो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदारी दिएका गुरुङलाई तत्कालिन समयमा नेकपा एमालेले साथ दिएको थियो । यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’तर्फ मनाङ कांग्रेसले जनजातीतर्फ कर्मा गुरुङ र महिलातर्फ गीता गुरुङलाई सिफारिस गरेको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist