लमजुङ । मर्स्याङ्दी गाउँपालिकाकाे किसान सञ्जालकाे अध्यक्षमा वडा नं. ९ का ब्यवसायिक किसान भिष्मकान्त कुईकेल चयन भएका छन् ।
साेमबार गाउँपालिकाको आयोजनामा भुलभुलेमा भएकाे गाउँपालिका स्तरीय “किसान भेला” ले मर्स्याङ्दी गाउँपालिका किसान संजालकाे अध्यक्षमा कुईकेललाई चयन गरेकाे हाे । कुइकेल ब्यवसायिक माैरीपालनमा संलग्न छन् ।
भेलाले समितिमा नौवटा वडा समिति गठन पश्चात् वडा समितिका अध्यक्षहरु पदेन सदस्य रहनेगरी र दुईजना मनोनित गर्नेगरी हाललाई दश सदस्यीय मर्स्याङ्दी गाउँपालिका स्तरिय “किसान संजाल” गठन गरेको छ ।
सञ्जालका उपाध्यक्ष डम्बर सिङ्ग गुरुङको अध्यक्षतामा सम्पन्न भेलामा मर्स्याङ्दी गाउँपालिका वडा नं. ७ का वडा सदस्य सन्चराम गुरुङ, पशु सेवा शाखा प्रमुख जीवनमायाँ वली, कृषि शाखा प्रमुख तिलक कट्टेल, समाजसेवि महेन्द्र थापा, सोम तामाङ, युवा तथा खेलकुद बिकास समितिका सल्लाहकार रबि थापा लगायत अतिथिको रुपमा उपस्थित थिए।
कार्यक्रमको संयोजन मर्स्याङ्दी गाउँपालिका रोजगार संयोजक नन्दराज गुरुङले गरेका थिए ।

लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















