नेकपा (माओवादी केन्द्र ) लमजुङको ईन्चार्जमा केन्द्रीय सदस्य पारशमणि पाैडेल र जिल्ला संयाेजकमा प्रदेश सदस्य लालबहादुर गुरूङ चयन भएका छन् ।
आईतबार पाेखरामा सम्पन्न माअाेवादी केन्द्रकाे गण्डकी प्रदेश कमिटीको बैठकले जिल्लाको इन्चार्जमा पौडेल र संयाेजकमा गुरूङलाई चयन गरेकाे हाे ।
बैठकले प्रदेश निर्वाचन क को इन्चार्ज केन्द्रीय सदस्य मधु अधिकारी र ख को इन्चार्जमा केन्द्रीय सदस्य बुद्धिराम गुरुङलाई चयन गरेकाे छ ।
यस्तै प्रदेश समिति सदस्यहरु बाट पालिका इन्चार्जहरु चयन भएका छन् ।
मध्यनेपाल :- राम चन्द्र पौडेल
दोर्दी :- निरजन कुवर
दूध पोखरी :- सतिमाया तामाङ
सुन्दर बजार :- सुनिल सुनार
मर्स्याङ्दी:- होम बहादुर बि.क.
राइनास :-चन्द्र कान्त न्यौपाने
बेशिसहर:- हरिजङ तामाङ
क्व्होलासोथर- लाल बहादुर गुरुङ
लमजुङबाट प्रदेश समिति सदस्य थप गरिएका छन् ।
१.नन्द बहादुर कुमाल (सवीन)- राइनास
२.अजय तामाङ -मर्स्याङ्दी
३.जलालदिन मिया -सुन्दरबजार
४.यसोदा न्यौपाने -मध्ये नेपाल
५.सन्तोशी गौली – सुन्दरबजार
६.जुना बि.क.-राइनास
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















