लमजुङ । लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने भएको छ। जर्मन सरकारको आर्थिक सहयोगमा नेपाल विद्युत प्राधिकरणले सौर्य ऊर्जा उत्पादन गर्न लागेको हो।
बेसीसहर नगरपालिका-११ अन्तर्गत मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको स्वामित्वमा रहेको जग्गामा सोलार प्लेट राखी ऊर्जा उत्पादन गर्न लागिएको प्राधिकरणले जनाएको छ।
सौर्य ऊर्जा उत्पादनका लागि जलविद्युत् आयोजनाको स्वामित्वमा रहेको १८ हजार दुई सय १३ वर्ग किलोमिटर जमिन प्रयोगमा ल्याइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
यसको प्रारम्भिक काम सुरु भइसकेको छ। हाल कन्सलटेन्टसँग सम्झौताको तयारी भएको र आगामी पुस मसान्तसम्म सबै काम सम्पन्न गरी विद्युत् उत्पादन गरिने आयोजना प्रमुख प्रकाश साउदले बताए।
उत्पादित विद्युत मध्यमर्स्याङ्दीमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। सौर्य ऊर्जाबाट उत्पादित दुई मेगावाट डिसी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिँदा १ दशमलव ६ मेगावाट हुने आयोजनाले जनाएको छ।
सौर्य ऊर्जाबाट विद्युत उत्पादन भएसँगै जिल्लाबासी र राष्ट्रिय विद्युत वितरणमा राहत पुग्ने आयोजनाको विश्वास छ। जर्मन सरकारले जर्मनी बैंक केफए डब्लूमार्फत नेपाल विद्युत् प्राधिकरणलाई आर्थिक सहयोग गर्ने भएको हो।
हाल विद्युत् उत्पादन हुँदै आएको ७० मेगावाट मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना पनि जर्मन सरकारकै सहयोगमा निर्माण भएको हो
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















