लमजुङ । लमजुङ प्रहरीले बैंकिङ कसुरमा एक युवालाई पक्राउ गरेको छ।
बेसीशहर नगरपालिका ७ बस्ने २९ वर्षीय नवराज रिमाललाई शुक्रबार बेसीशहरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।
विभिन्न बैंकिङ कसुर मद्धामा लगत कायम भई १७ दिन कैद र १५ लाख ८० हजार जरिवाना भएका रिमाल विदेशबाट आएर लुकीछिपि बस्दै आएकाेमा प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताए।
उनको विरुद्धमा उच्च अदालत पाटनबाट ५ वटा छुट्टाछुट्टै बैंकिङ कसुर मुद्धा दर्ता भई २०७६ मंसिर ९ गते समेत गरि अन्य विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकेको जिप्रका लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए।
रिमाललाई जिल्ला अदालत लमजुङबाट शुक्रबार देखि लागु हुनेगरी कैद भुक्तान र जरिवाना वापतको रकम असुल उपरका लागि कारागार चलान गरिएको जिप्रका लमजुङले जनाएको छ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















