निर्वाचनमा तालमेल गर्ने सत्ता गठबन्धनको सहमति, सिट बाँडफाँटका लागि बन्यो कार्यदल

काठमाडौं ।  सत्तारुढ पाँच दलीय गठबन्धन ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्न सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा चुनावी तालमेलको सहमति जुटाएको हो ।

बैठकमा सहभागी नेपाली कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीहरूसँग भने, ‘४ मंसिरको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय गर्‍यो ।’

स्रोतका अनुसार सिट बाँडफाँटको गृहकार्य गर्न ९ सदस्यीय कार्यदलसमेत बनेको छ ।

कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन छन् ।

यस्तै, नेकपा -एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिमसातासम्म सिफारिस गर्न भनिएको छ ।

कार्कीले भने कार्यदलबारे केही बताएनन् । यसबारे विस्तारै थाहा दिने भन्दै कांग्रेस केन्द्रीय सदस्य कार्कीले भने, ‘तालमेलका निम्ति फेरि बैठकहरू बस्छ, छलफल हुन्छ । यसलाई व्यवस्थित र न्यायपूर्ण गर्न आज वृहतरुपमा सहमति भएको छ ।’

लोकदृश्य
+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist