मुस्ताङको ताङ्वेमा थ्रिजी मोबाइल सेवा विस्तार

जोमसोम: मुस्ताङको ऐतिहासिक तथा सांस्कृतिक गाउँको रूपमा परिचित वारागुङ मुक्तिक्षेत्र-३ ताङ्वेमा शुक्रबारदेखि द्रुत गतिको थ्रिजी मोबाइल सेवा सञ्चालनमा आएको छ। नेपाल टेलिकम बाग्लुङ/जोमसोम र गण्डकी प्रदेशको निर्वाचन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ताङ्वेमा द्रुत गतिको मिनि जिएसएम अमोबाइल टावर विस्तार गरिएको हो।

यसअघि नेपाल टेलिकमले उत्तरी चीनको सीमाक्षेत्र उपल्लो मुस्ताङको छोसेरसम्म द्रुत गतिको जिएसएम मोबाइल टावर विस्तार गरी थ्रिजी सेवा सञ्चालनमा ल्याइएको थियो। वारागुङ मुक्तिक्षेत्रको ताङ्वेमा थ्रिजी मोबाइल सेवाको पहुँच पुग्न सकेको थिएन।

सो स्थान आसपासको छुसाङ, झोङ, कागबेनी र मुक्तिनाथलगायतका स्थानमा थ्रिजी टावर जडान गरिएको भएपनि ताङ्वेमा जिएसएम मोबाइल टावरको सेवा पुग्न नसक्दा त्यहाँका स्थानीयहरू मोबाइल नेटवर्कबाट बञ्चित थिए।

प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७८/७९ का लागि निर्वाचनक्षेत्र पूर्वाधार विकास कार्यक्रममा विनियोजन भएको ३ लाख बजेटले वारागुङको ताङ्वे र थासाङको छाक्ताङमा जिएसएम टावर विस्तारका लागि ब्याट्रि र अप्टिकल फाइबर लगायतका आवश्यक सामग्री खरिद गरी थ्रिजी मोबाइल सेवा विस्तार गरिएको गण्डकी प्रदेशका सांसद चन्द्रमोहन गौचनले जानकारी दिए।

वारागुङको ताङ्वे र थासाङको छाक्ताङमा थ्रिजी मोबाइल सेवा विस्तार भएको सांसद गौचनले बताए। उनका अनुसार ताङ्वेमा ४८ घरधुरी र छाक्ताङमा २५ घरधुरी प्रत्यक्ष लाभान्वित हुने उल्लेख गरे।

पूर्वाधार विकास कार्यालय र नेपाल टेलिकमको साझेदारीमा थ्रिजी मोबाइल सेवा संचालनमा ल्याएको नेपाल टेलिकम जोमसोमका प्रमुख सुमनराम श्रेष्ठले जानकारी दिए। ताङ्वे र छाक्ताङमा जिएसएम टावर विस्तारपछि भ्वाईस र मोबाइल डाटा सहज भएको छ।

मुस्ताङको ९६ वटा गाउँवस्ती मध्ये अधिकांस स्थानका गाउँमा द्रुत गतिको थ्रिजी मोवाईल सेवा विस्तार भइसकेको छ। नेपाल टेलिकम बाग्लुङका कार्यालय प्रमुख केशव शर्माका अनुसार यसअघि ताङ्वे गाउँलाई मध्यनजर गरी घिउला डाँडामा टावर राख्ने योजना रहेपनि सडक पहुँच पुग्न नसक्दा काम रोकिएको थियो।

मुस्ताङ सदरमुकाम जोमसोमदेखि करिब १५ किमी उत्तरदतर्फको गाउँ ताङ्वेमा थ्रिजी मोबाइल टावर राख्न ढिलो भएको थियो। 

लोकदृश्य
+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist