घट्दै गयो लमजुङमा चैते धान खेती

 

लमजुङ । विगतको तुलनामा लमजुङमा चैते धान खेती घट्दै गएको छ । विगतमा ६ हजार हेक्टर जमिनमा चैते धान खेती गरिएपनि आजभोली मुस्किलले सय हेक्टरमा मात्र खेती हुँदै आएको छ ।

पर्याप्त सिञ्चाईको व्यवस्था नहुँदा र श्रमशक्ति हराउँदै जाँदा चैते धान खेती घट्दै गएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । धान रोप्ने समयमा सिञ्चाइको अभाव र भित्राउने बेलामा मौसम अनुकुल नहुँदा क्षति हुने भएकोले किसानहरुले चैते धान खेती कम गर्दै गएको कृषि ज्ञान केन्द्रका प्रमुख सुदिप खतिवडाले बताउनुभयो ।

“चैते धान खेतीको तथ्याङ्क त राख्ने गरिएको छैन, तर विगतको तुलनामा निकै कम खेती भएको पाएका छौं”, खतिवडाले भन्नुभयो, “खाध्य सुरक्षाका दृष्टिकोणले पनि चैतेधान खेती बढाउनुपर्छ । किसानलाई हौसला र सहयोगको खाँचो छ ।”

नहर तथा कुलो लाग्ने केही स्थानमा किसानले चैते धान रोपाई गरेका छन् । चैतको दोस्रो सातादेखि चैतेधान रोपाइँ सुरु भएको हो । लमजुङको राइनास नगरपालिकाको धमिलिकुवा, चक्रतिर्थ, भलायखर्क, मध्यनेपाल नगरपालिकाको भोर्लेटार, इशानेश्वर, करापु, सुन्दरबजार नगरपालिकाको दुराडाँडा, सुन्दरबजार, मस्र्याङ्दी, दोर्दी, क्व्होँलासोँथरका केही भागमा चैते धान रोपाइँ हुन्छ ।

अन्य नगदे बालीबाट आम्दानी बढि हुने भएपछि किसानहरुले धान खेती घटाउँदै गएका कृषि प्राविधिकहरुको विश्लेषण छ । धानको सट्टा किसानहरुले नगदे बालीका रुपमा तरकारी, आलु, खरबुजा जस्ता बाली लगाउन थालेका छन् ।

लमजुङमा ४५ हजार ५० हेक्टर क्षेत्रफल जमिन खेतियोग्य छ । यसमध्ये १६ हजार हेक्टरमा मात्र बर्खे धान खेती गरिन्छ । सिञ्चाइको ब्यवस्था गर्न सके थप १६ हजार ७ सय ६९ हेक्टरमा धान खेती विस्तार गर्न सकिने कृषि ज्ञान केन्द्रका प्राविधिकहरु बताउनुहुन्छ ।

कृषि ज्ञान केन्द्रको प्राविधिक सम्झाना सेढाईका अनुसार चैते धानको खेती गरिरहेका किसानहरुले हर्दिनाथ–१, अर्वाली, जुडी लगायतका जातका धान लगाएका छन् ।

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist