राष्ट्रकवि र भूगोलविद्को नाममा विद्यालयको नामकरण

लमजुङ । राष्ट्रकवि माधवप्रसाद घिमिरे र भूगोलविद् डा. हर्क गुरुङको नाममा विद्यालयको नामकरण गर्न मर्स्याङ्दी गाउँपालिकाले सिफारिस गरेको छ । 

चैत ३ गते बसेको कार्यपालिका बैठकले गाउँपालिकामा जन्मनुभएका राष्ट्रका दुई मूर्धन्य व्यक्तित्वको नाममा विद्यालयको नामकरण गर्न सम्बन्धित निकायमा सिफारिस गरेको हो । राष्ट्रकविको जन्मथलो बाहुन डाँडामा रहेको चन्द्रोदय माध्यमिक विद्यालय र भूगोलविद् डा. हर्क गुरुङको जन्मथलो तराइँचेस्थित महेन्द्रदेव माध्यमिक विद्यालयको नाम परिवर्तनका लागि नेपाल सरकार, शिक्षा मन्त्रालय र गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलगायतका सम्बन्धित निकायहरूमा सिफारिस गरिएको छ । 

बाहुनडाँको चन्द्रोदय माविको नाम परिवर्तन गरी राष्ट्रकवि माधवप्रसाद घिमिरे मावि र तराञ्चेस्थित महेन्द्रदेव माविको नाम परिवर्तन गरी भूगोलविद् डा. हर्क गुरुङ मावि राख्न सिफारिस गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिनुभयो । राष्ट्रकवि घिमिरे र भूगोलविद् डा गुरुङले राष्ट्रका निम्ति पुर्याउनुभएको अतुलनीय योगदानको सम्मानार्थ विद्यालयको नाम परिवर्तन गरी उहाँहरूको नाम राख्ने निर्णय गरिएको गुरुङले बताउनुभयो ।

स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने राष्ट्रकवि घिमिरेको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको बाहुन डाँडामा भएको हो । उहाँलाई २०६० साल असोज ७ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले छन्द शिरोमणिको उपाधिबाट अभिनन्दन गरि त्यसको तीन दिनपछि राष्ट्रकविको रूपमा अभिनन्दन गरिएको थियो । राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा २०७७ साल भदौ २ गते काठमाडौैं लाजिम्पाट स्थित आफ्नै घरमा निधन भएको थियो । उहाँको जन्मस्थान बाहुन डाँडामा माधव घिमिरे पार्क निर्माण भइरहेको स्थानीय विष्णु घिमिरेले जानकारी दिनुभयो । 

भूगोलविद् र नेपालका पूर्व राज्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. हर्क गुरुङको लमजुङको तत्कालीन बाहुन डाँडा गाविस वडा नं. २, नाइँचेस्थित मामाघरमा विसं १९९५ साल पुस २१ गते जन्म भएको थियो ।

विश्व वन्यजन्तु कोषले आयोजना गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर काठमाडौँ फर्कने क्रममा २०६३ साल असोज ७ गते शनिवार ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना हुँदा डा गुरुङसहित २४ जनाको मृत्यु भएको थियो । उहाँको समाधिस्थल मर्स्याङ्दी–७ ताङ्लीचोकमा उद्यान निर्माण गरिएको डा. हर्क गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष एवं वडाध्यक्ष तिलबहादुर गुरुङले जानकारी दिनुभयो ।

लोकदृश्य
+ posts

ताजा खबर

ट्होटें पर्व मनाउन क्व्होलासोथारमा सार्वजनिक विदा

ट्होटें पर्व मनाउन क्व्होलासोथारमा सार्वजनिक विदा

  लमजुङ । लमजुङसहित गण्डकी प्रदेशका गुरुङ समुदायले मंगलबार आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाएका छन् ।...

“पूर्वराजाले संविधान विरोधी गतिविधि गरे कारबाही गछौं” : सञ्चारमन्त्री गुरुङ

“पूर्वराजाले संविधान विरोधी गतिविधि गरे कारबाही गछौं” : सञ्चारमन्त्री गुरुङ

लमजुङ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग भएको सम्झौता तोडेको...

गाउँसहर कालिका मन्दिरमा जनताका नाउँमा भयो पूजा

गाउँसहर कालिका मन्दिरमा जनताका नाउँमा भयो पूजा

लमजुङ । शनिबार लमजुङको गाउँसहर कालिका मन्दिरमा चैते दसैँको पूजा गर्ने र मेला हेर्न आउनेको रौनक थियो । शाहवंशको पुरानो दरबारमा रहेको...

खुला म्याराथनमा बस्नेत च्याम्पियन

खुला म्याराथनमा बस्नेत च्याम्पियन

लमजुङ । विश्व शान्तिको कामना गर्दै लमजुङमा शनिबार भएको खुला म्याराथन प्रतियोगितामा कुलबहादुर बस्नेत प्रथम हुनुभएको छ। दोलखा निवासी बस्नेत नेपाली...

खुदी र जगतबजार सिसीटिभी निगरानीमा

खुदी र जगतबजार सिसीटिभी निगरानीमा

लमजुङ । यहाँको मस्र्याङ्दी गाउँपालिकाका दुई महत्वपूर्ण नाकामा रहेका बजार क्षेत्रलाई सिसीटिभी क्यामेराको निगरानीमा राखिएको छ । वडा नं. ३...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist