लमजुङ । पाँचौँ सुन्दरबजार मेयर कपको च्याम्पियन वडा नं. ७ सुन्दरबजार भएको छ । ११ प्रतियोगिलाई पछि पार्दै सुन्दरबजारले मेयर कप उचालेको हो ।
फाइनल खेलमा वडा नं. ७ सुन्दरबजारले वडा नं. २ परेवाडाँडालाई २–० गोल अन्तरले पराजित ग¥यो । विजेता टिमले नगद ५० हजार, मेयर कप र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेताले नगद २५ हजार, मेडल र प्रमाणपत्र पाएको आयोजक कोइरालफाँट युवा क्लबका अध्यक्ष सुजन कोइरालाले जानकारी दिनुभयो ।
प्रतियोगितामा पवन परियार उत्कृष्ट खेलाडी हुनुभयो भने सर्वाधिक गोलकर्ता आशिष घर्ती बन्नुभयो । उहाँहरुले नगद एकहजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
मेयर कप प्रतियोगिताले नगरपालिकाभित्र खेलकुद क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको नगर प्रमुख कृष्ण प्रसाद कोईरालाले बताउनुभयो । उहाँले नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर आगामी दिनमा अझ व्यवस्थित रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link

















