छुवाछुतमुक्त वडा कार्यन्वयनमा प्रतिबद्धता

लमजुङ । लमजुङको राइनास नगरपालिकाको वडा नं. ५ तीनपिप्लेलाई छुवाछुतमुक्त बनाउन सबै सरोकारवालाहरुबाट सर्वाजनिक प्रतिबद्धता गरिएको छ । वडाका सबै समुदाय एकजुट भएर समानता र कानुनी चेतना, भेदभाव रहित समाज निर्माणमा प्रतिबद्धता जनाएका हुन् ।

सो वडामा तीनसय ७६ घरधुरी छन् । २०७८ को जनगणना अनुसार एक हजार छ सय ५१ जनसंख्या छ । ब्रामण, क्षेत्री, नेवार, कुमाल, गन्धर्व, परियार, विश्वकर्मा, सार्कीलगायतका जातजातीको बसोबास रहेको छ । विभिन्न चरणमा टोल–टोलमा पुगेर गरिएका छलफल तथा अन्र्तक्रियाले सार्थकता पाएपछि छुवाछुतमुक्त वडा कार्यान्वयन गर्न सफल भएको वडाअध्यक्ष शंखबादुर सार्कीले बताउनुभयो ।

“छुवाछुतमुक्त वडा कार्यन्वयनका लागि सबै समुदायले सार्वजनिक प्रतिबद्धता जनाउनुभएको छ”, वडा अध्यक्ष सार्कीले भन्नुभयो, “सबै समुदायका नागरिकहरु कार्यन्वयनका लागि झाँकी ¥यार्लीसहित गाउँ परिक्रमा पनि गर्नुभयो, यो खुसीको कुरा हो ।”

राइनास नगरपालिका प्रमुख खड्ग बहादुर गुरुङले सबैको प्रतिबद्धता आउनसके पालिकालाई नै छुवाछुत मुक्त बनाउन सकिने बताउनुभयो । उहाँले आगामी दिनहरुमा अन्य वडाहरुलाई छुवाछुत मुक्त बनाउँदै सिङ्गो पालिकालाई नै घोषणा गर्ने अभियानमा आफुँहरु रहेको बताउनुभयो ।

छुवाछुत मुक्त कार्यन्वयनका लागि पालिकास्थित सबै राजनीतिक दल तथा सामाजिक ब्यक्तित्वहरुले पनि प्रतिबद्धता जनाउनुभएको छ । २१ औं सताब्दीमा पनि छुवाछुत तथा जातीय भेदभाव रहिरहँदा समाज अगाडी बढ्न नसक्ने उहाँहरुले बताउनुभयो ।

नगरपालिकाका पुर्व नगरप्रमुख सिंहबहादुर थापा, वार इकाई लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारी, नेपाली काँग्रेसका नगर सभापति श्रीकृष्ण पौडेल, नेकपा (एमाले) का नगर कमिटी अध्यक्ष बलराम घिमिरे र नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष प्रमोद दवाडीले सबैको प्रतिबद्धाले जातीय विभेद र छुवाछुतको अन्त्य गर्न सकिने बताउनुभयो । उहाँहरुले ब्यवहारिक रुपमा कार्यान्वयन गर्न सबैलाई आग्रह गर्नुभयो ।

जातिय छुवाछुत मुक्त वडा कार्यान्वयनका लागि प्रतिवद्धता जनाउँदै परियार समाजले पञ्चेबाजा, नेवार समुदायले लाखे नाँच, गन्र्धव समुदायले सारङ्गी बाजा, कुमाल समुदायले पाउदुरे नाँच प्रस्तुत गरेका थिए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist