‘अफ्रिकन स्वाइन फिभर’ फैलन नदिन उच्च सतर्कता

लमजुङ । लमजुङमा ‘अफ्रिकन स्वाइन फिभर’ फैलन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । सीमा जोडिएका कास्की, तनहुँ र गोरखामा सुँगुर, बंगुर र बँदेलमा देखिने अफ्रिकन स्वाइन फिवर रोग पुष्टि भएपछि लमजुङमा उच्च सतर्कता अपनाउन थालिएको हो ।

जिल्ला प्रशासन कार्यालय लमजुङले छिमेकी जिल्लामा सङ्क्रमण देखिएपछि जिल्लाभित्र सुँगुर, बंगुर ओसारपसारमा कडाई गरेको छ । यो रोगको समयमै रोकथामका लागि बाहिरी जिल्लाबाट सुँगुर र बंगुर ल्याउँदा अनिवार्य रुपमा स्वास्थ्य प्रमाणपत्र लिएर मात्र ल्याउन प्रशासनले भनेको छ ।

आइतबार एक सूचना जारी गर्दै प्रशासनले यसबारे सचेत गराएको हो । बंगुर पालक कृषकहरुले आफ्नो फार्ममा जैविक सुरक्षाका विधिहरू अनिवार्य अवलम्बन गर्न प्रशासनले अनुरोध गरेको छ । रोग प्रभावित जिल्लासँग सिमाना जोडिएका मध्यनेपाल, सुन्दरबजार र राइनास नगरपालिका क्षेत्रमा स्थलगत अध्ययन र थप सर्भिलेन्स तथा सचेतना कार्य जारी रहेको प्रशासनले जनाएको छ ।

प्रशासनद्धारा जारी सूचनामा भनिएको छ् “यो रोग पशुबाट मानिसमा सर्दैन । तर, यो रोग सुँगुर, बंगुर तथा बँदेलमा विषाणुको कारण लाग्ने उच्च मृत्युदर भएको छिटो फैलिने सरुवा रोग हो । सो कारण आवश्यक सावधानी अपनाउनुहुन जिल्लावासीमा अनुरोध छ ।” जिल्लामा यो रोग फैलन नदिन नाकाहरुमा कडाइ गरिएको छ ।

यो रोग सङ्क्रमित सुँगुर र बङ्गुरबीच प्रत्यक्ष सम्पर्कबाट, रोगी बङ्गुरको ¥याल, मलमुत्र, रगत, मासु र लसपस भएको दानापानीबाट, त्यस्ता बिरामी बङ्गुरको ओसारपसार वा किनबेच गर्दा, सङ्क्रमण भएको खोरमा काम गर्ने कामदार वा सङ्क्रमण भएको खोरमा गएको मानिसले प्रयोग गरेको लुगाकपडा, जुत्ताचप्पल आदिको प्रयोगबाट पनि सर्ने गर्दछ ।

यो रोग लागेका बङ्गुरहरु एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निला डाम देखापर्ने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने, नाकबाट फिँज निकाल्ने, उच्च ज्वरो (१०४ देखि १०७ डिग्री फरेनहाइट) आउने, कान, पुच्छर र पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, झोक्राउने, दानापानी खान छोड्ने, बान्ता गर्ने, छटपटाउने, धरमराउने र बच्चा तुहिनेजस्ता लक्षण देखा पर्दछ ।
लमजुङसँग सिमाना जोडिएका तनहुँ, कास्की लगाएतका जिल्लामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट ठूलो सङ्ख्यामा बङ्गुर मरेका छन् ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist