लमजुङका आठजना किसान तथा उद्योगी पुरस्कृत

लमजुङ । लमजुङका आठजना किसान तथा साना उद्योगीहरु पुरस्कृत भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ लमजुङले १७ औं साधारणसभा तथा नवौं जिल्ला अधिवेशनको अबसरमा किसान तथा साना उद्योेगीहरुलाई नगद र सम्मानपत्र सहित पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनुहुनेमा मस्र्याङ्दी गाउँपालिका–७ उस्ताबेसीका साइला दाइको बाख्रा तथा फलफुल फर्मका सञ्चालक डम्बर भुजेल, बेसीसहर नगरपालिका–११ को राधाकृष्ण आमा समूह र समृद्ध आमा समूह, बेसीसहर नगरपालिका–८ को नमूना स्टोर्सको सञ्चालक शिला तामाङ, सिलाई कटाई ब्यवसायी गीता प्रधान रहनुभएको छ ।

यसैगरी क्ब्होंलासोंथर गाउँपालिका–३ को आदी मौरी पालन उद्योगका सञ्चालक डिल्लेश्वर गुरुङ, बेसीसहर नगरपालिका–२ को लक्ष्मी कृषि तथा पशुपालन फार्मका सञ्चालक लक्ष्मी अधिकारी र सुन्दरबजार नगरपालिका–९ को शुलभ राइस मिलका सञ्चालक विष्णु श्रेष्ठलाई सम्मान गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ लमजुङका महासचिव वेदराज खनियाले जानकारी दिनुभयो ।

महासंघ नेतृत्वमा पुनः लामिछाने
नेपाल घरेलु तथा साना उद्योग महासंघ लमजुङको अध्यक्षमा पुनः श्रीकृष्ण लामिछाने निर्वाचित हुनुभएको छ ।

महासंघको बरिष्ठ उपाध्यक्षमा विकाश श्रेष्ठ, उपाध्यक्षमा भरत बहादुर बिष्ट, महिला उपाध्यक्षमा कल्पना थापा बोहोरा, महासचिवमा बेदराज खनिया, सचिवमा युवराज पौडेल र कोषाध्यक्षमा शंकर बस्नेत चयन हुनुभएको छ ।

कार्यसमिति सदस्यहरुमा यज्ञनारायण श्रेष्ठ, दिपज्योति प्रधान, कुमार बहादुर विष्ट, कृष्ण बहादुर देउजा, शारदा खनिया, अस्मिता पौडेल, शोभा पन्थी, महिला सदस्यमा अनिता बोहोरा र पुष्पकला मिश्र निर्वाचित हुनुभएको छ ।

त्यस्तै महासंघको महिला उद्यमी समिति अध्यक्षमा कल्पना बोहोरा निर्वाचित हुनुभएको छ । समितिको उपाध्यक्षमा इन्दु न्यौपाने, महासचिवमा राजकुमारी श्रेष्ठ, सचिवमा सायरा मिया निर्वाचित हुनुभयो । सदस्यहरुमा सानुमाया श्रेष्ठ, निकिता श्रेष्ठ, सरस्वती श्रेष्ठ (क), जनक घिमिरे, विमाया तामाङ, सस्वस्वती श्रेष्ठ (ख) निर्वाचित हुनुभएको छ ।

अधिवेशनको उद्घाटन गर्दै बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले महासंघले उद्यामी तथा व्यवसायीको उत्थान र प्रवद्र्धनका क्षेत्रमा काम गर्न महासंघलाई आग्रह गर्नुभयो । नेपाल घरेल तथा साना उद्योग महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष सूर्य कंडेलले जिल्लामा रहेका महिलाहरुलाई पनि उद्याममा जोडेर अगाडी बढाउनुपर्नमा जोड दिनुभयो ।

कार्यक्रममा बेसीशहर नगरपालिका उपप्रमुख पदमा गुरुङ, नेपाल घरेल तथा साना उद्योग महासंघ केन्द्रीय उपाध्यक्ष शोभा गुरुङ, केन्द्रीय सदस्य विनोददेव पन्त, केन्द्रीय सदस्य रामकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको महासचिव बेदराज खनियाले जानकारी दिनुभयो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist