प्रहरीद्वारा समुदायमा खोज तथा उद्धार नमुना अभ्यास

लमजुङ । विपदपछि तत्काल गर्नुपर्ने राहत तथा उद्धार कार्यमा खोज तथा उद्धारकर्मीहरूले प्रमुख भूमिका र साहस प्रदर्शन गर्दै आइराखेका छन् । राष्ट्रको विपद् प्रतिकार्यलाई चुस्त, दुरुस्त र समय सापेक्ष बनाउन राष्ट्रिय खोज तथा उद्धार प्रणालीको आधुनिकीकरण गर्न भने बाँकी नै छ ।

यसै सन्दर्भमा लमजुङ प्रहरीले समुदायस्तरमा खोज तथा उद्धार र विपदसम्बन्धी नमुना अभ्यास गरेको छ । तीन दिन लगाएर दोर्दी गाउँपालिका–४ नौथर सेरामा नमूना अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीबास्तवले जानकारी दिनुभयो । गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङका गुल्म प्रमुख प्रहरी निरीक्षक रामकृष्ण प्रसाद पाठकको कमान्डमा आएको सात जनाको टोलीले नमूना अभ्यास गरेको उहाँले बताउनुभयो ।

नेपाल विभिन्न खाले प्रकोप र त्यसबाट सिर्जना हुने विपदको उच्च जोखिममा रहँदै आएको छ । विभिन्न खाले जोखिमहरू भूकम्प, पहिरो, बाढी, आगलागी, सडक दुर्घटना, विस्फोटन, औद्योगिक दुर्घटनाको जोखिमबाट सिर्जित विपदबाट बच्न र उद्धार कसरी गर्ने भन्ने विषयमा सिकाउन नमूना अभ्यास गरिएको प्रहरीले जनाएको छ ।

द्रुत जलवायु परिवर्तनले पनि प्राकृतिक प्रकोपका घटनाहरूमा वृद्धि भइराखेको छ र विपद् पनि बढ्दो छ । यही परिप्रेक्ष्यमा सम्भावित वा अकल्पनीय किसिमका विपदको सामना गर्न सक्ने क्षमता विकास गर्नु आजको टड्कारो आवश्यकता रहेको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । समयमै गरिने प्रभावकारी उद्धारले विपदबाट थप क्षति हुन र परिस्थिति थप बिग्रनबाट बचाउने उहाँले बताउनुभयो । 

खोज तथा उद्धार क्षमतालाई उत्कृष्ट, जवाफदेही, समयसापेक्ष, प्रविधियुक्त र आधुनिक बनाउन आजको टड्कारो आवश्यकता रहेको सरोकारवालाहरूले बताएका छन् ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist