गाउँ–गाउँमा डढेलो रोकथाम अभियान

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले गाउँ गाउँमा डढेलो तथा आगलागी रोकथामसम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरेको छ । सीमा जोडिएको मनाङको जङ्गलमा दुई सातादेखि डढेलो फैलिरहेका बेला मस्र्याङ्दी गाउँपालिकाले भने गाउँ गाउँमा डढेलो रोकथाम अभियान चलाएको हो ।

डढेलो तथा आगलागीका घटना रोकथामका लागि सबै वडाका गाउँ गाउँमा सचेतना अभियान सञ्चालन गरिएको गाउँपालिकाले जानकारी दिएको छ । लामो समयदेखि पानी नपरेर सुक्खा मौसम बढेसँगै हावाहुरी चल्न सुरु भएकाले डढेलो रोकथामका कार्य भइरहेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईंले जानकारी दिनुभयो ।

पालिकाको नौ वटा वडाका गाउँ तथा टोल टोलमा पुगेर डढेलोबारे सचेतना कार्यक्रम भइरहेको रोजगार संयोजक एवं कार्यक्रम अधिकृत नन्दराज गुरुङले जानकारी दिनुभयो । गाउँमा रहेका टोल समिति, शिक्षक, विद्यार्थी, वन समूह, आमा समूहलाई डढेलो रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको उहाँले बताउनुभयो । 

गुरुङका अनुसार वडा नं. ३ को पल्लोटारी, ढङ्गै, टपु, टारीकुना, थाकन सिउरुङ, वडा नं. ४ को डाँडागाउँ, गैरीगाउँ, छापा, मिप्रा, भित्ते जगत बस्तीमा सचेतना कार्यक्रम सञ्चालन गरिएका छन् । त्यसै गरी वडा नं. ५ को उपल्लो चिप्ला, तल्लो चिप्ला, घेर्मु, खानीगाउँ, वडा नं. ७ को नयाँगाउँ, तराइचे, वडा नं. ८ को जलजले, सिमलचौर गाउँमा सचेतनामूलक कार्यक्रम भइसकेका छन् । 

वडा नं. २ को मयुँम, वडा नं. ५ को घेर्मु, छिचु, न्युरी, बडालबिसौना, सन्जापु, वडा नं. ६ को बाहुनडाँडा, ठुलोबेँसी, नाइचे, भिरपुस्तुन, वडा नं. ७ को ताराचोक, उस्ता, वडा नं. ८ को भुस्मे र वडा नं. ९ को लामागाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न बाँकी छ । गाउँमा सचेतना जगाउन कर्मचारीसँगै जनप्रतिनिधि पनि खटिनुभएको छ । 

सिउरुङ र छापा गाउँमा अध्यक्ष अर्जुन गुरुङ नै पुग्नुभयो भने अन्य गाउँमा त्यहीँका जनप्रतिनिधि सम्मिलित भएको गाउँपालिकाको वन वातावरण तथा विपत् व्यवस्थापन समितिका संयोजक एवं वडा नं. ४ का वडाध्यक्ष बलबहादुर गुरुङले जानकारी दिनुभयो । 

नौ वडामध्ये ५ नम्बर वडाका गाउँ डढेलोको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । वन क्षेत्रमा अधिकांश डढेलो मानवीय कारणले लाग्ने गरेको छ । डढेलोबाट हुने वातावरणीय तथा जनधनको क्षति न्यूनीकरण गर्न डिभिजन वन कार्यालय लमजुङले पनि सचेतनामूलक कार्यक्रम गरिरहेको जनाएको छ । अभियान अन्तर्गत सबडिभिजन कार्यालय र वन समूहबाट जलनशील पदार्थ पातपतिङ्गर हटाउने, अग्निरेखा कोर्ने, घरनजिक राखिएका स्याउला हटाउने, जनचेतनामूलक सामग्री वितरण गर्ने र सुकेका पातपतिङ्गरको व्यवस्थापन गर्ने काम गरिरहेको छ ।

जिल्लामा करिब ९१ हजार हेक्टर वन क्षेत्र रहेकोमा बर्सेनि करिब पाँच हजार हेक्टर क्षेत्रफलमा डढेलो लाग्ने गरेको तथ्याङ्क छ । गत वर्ष पनि करिब ६० हेक्टर क्षेत्रमा डढेलो लागेको थियो । 

यो वर्ष फागुन १ देखि ७ गतेसम्म डढेलो रोकथाम सप्ताहका रूपमा सचेतनाका काम गरिरहेको डिभिजन वन कार्यालय लमजुङका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा रहेका ३४२ सामुदायिक वन, १७३ कबुलियती वन र एउटा धार्मिक वन समितिले पनि आआफ्ना ठाउँमा सचेनाका कार्यक्रम गरिरहेका छन् ।  

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist