चोरीमा संलग्न चारजनालाई पाँच वर्ष कैद र जरिवाना

लमजुङ । बेसीसहर–चामे सडक निर्माणका सामाग्री चोरीमा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालत लमजुङले चार जनालाई पाँच वर्ष कैद र विगो जरिवनाको फैसला सुनाएको छ ।

जिल्ला अदालत लमजुङका न्यायाधीस कृष्णप्रसाद पौडेलको आइतबारको इजलासबाट चार जनालाई कैद, विगो जरिवाना र एक जनालाई जरिवाना मात्रको आदेश भएको श्रेस्तेदार भेषराज पौडेलले जानकारी दिनुभयो ।

मस्र्याङ्दी गाउँपालिका–३, बुद्वबजारका सन्तोष परियार (सोनाम), काजी तामाङ, किरण तामाङ र बेसीसहर नगरपालिका–६ भलामखोलाका सुजन तामाङलाई कैद र विगो जरिवानाको सजाय सुनाइएको हो ।

श्रेष्तेदार पौडेलका अनुसार सन्तोष परियारलाई पाँच वर्ष तीन महिना कैद, ३० हजार जरिवना र दुई हजार दुईसय क्षतिपूर्ति तोकिएको छ । तामाङ त्रयलाई भने पाँच वर्ष कैद, २५÷२५ हजार जरिवना र दुई÷दुई हजार क्षतिपूर्ति तोकिएको छ ।

चोरी भएको सामाग्री किन्ने मस्र्याङ्दी गाउँपालिका–९ गैरीफाँटमा कबाडी संकलक बदबहादुर परियारलाई २५ हजार जरिवना र एकजार क्षतिपूर्ति तोकिएको श्रेस्तेदार पौडेलले बताउनुभयो ।

गत भदौ ३ गते बेसीसहर–चामे सडक निर्माण कम्पनी आशिष अनेष्ट जेभीको तारजाली, रड, फलाम लगायतका सामाग्री चोरी गरेर लैजादै गर्दा उनीहरु रङ्गेहात समातिएका थिए । बेसीसहर नगरपालिका–६ मालेबगरको गोदामबाट २ सय १० केजी जाली चोरेर मस्र्याङ्दी–९ गैरीफाँट र बगैंचामा रहेको कवाडी संकलन पसलमा बेचिएको भेटेपछि प्रहरीले पक्राउ गरेको थियो ।

करिव ३ लाख पर्ने सामान कवाडी सञ्चालक बलबहादुर परियारले ७ हजारमा किनेर लुकाएका थिए । सामान किनेर थोत्रा कागाज, प्याक र बोराले छोपेर लुकाएको अबस्थामा बरामद गरिएको थियो । चोरीमा संलग्नहरु पक्राउ परेपछि उनीहरु विरुद्ध आशिष अनेष्ट जेभीका सञ्चालक राधेश्याम देवकोटाले मुद्दा दायर गर्नुभएको थियो ।

लोकदृश्य
+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist