लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । २०७३ पुस २६ गते लमजुङ जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको र हालका दिनसम्म उक्त कार्यलाई निरन्तरता दिई पूर्ण खोप सुनिश्चित गरी दिगोपना कायम राख्ने कुरामा सम्पूर्ण सरोकारवालाले प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिल्लाका १६ महिनादेखि २३ महिनासम्मका सम्पूर्ण बालवालिकाले खोपको मात्रा पूरा गरेसँगै मङ्गलबार एक समारोहका बिच लमजुङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्णखोप जिल्ला हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ आयोजित कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गर्नुभएको हो ।

स्वास्थ्य मन्त्री पाठकले खोप कार्यक्रम तीनै तहको सरकारको प्राथामिकताको विषय रहेको बताउनुभयो । खोपको माध्यमबाट बाल मृत्युदर न्यूनीकरण गर्न बालबालिकालाई सुरक्षित बनाउन सकिने हुदाँ पूर्ण खोप घोषणा मात्रै नभई यसको दिगोपनाका लागि सवैको सहकार्य र समवन्य हुनुपर्ने वताउनुभयो । प्रदेश सरकारले स्वास्थ्यलाई प्रथामिकतामा राखेर काम गरिएको भन्दै उहाँले आफू स्वास्थ्य मन्त्री भएपछि नीतिगत, कानुनी र सस्थांगत सुधारको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको दाबी गर्नुभयो ।

जिल्ला पूर्ण खोप समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सदस्य सचिव प्रदेश जनस्वस्थ्य कार्यालय लमजुङका प्रमुख प्रविण खनालले खोप प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जिल्लाका ८ स्थानीय तहका प्रत्येक वडामा घरधुरी सर्वेक्षण गरी जन्मेदेखि १५ महिना मुनिका एक हजार सात सय ४६ जना बालबालिकाहरुले नियमित खोप कार्यक्रम अनुसार नै खोप पाइरहका छन् भने १६ महिनादेखि २३ महिनासम्मका सबै एक हजार ८९ जना बालबालिकाले पाउनुपर्ने सबै खोप तथा पूर्ण खोप पाएकोे सुनिश्चित भएको हो । जिल्लामा खोप पाउनबाट कोही पनि बालवालिका नछुटेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख खनालले बताउनुभयो ।

लमजुङलाई यसअघि २०७३ पुस २६ गते पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । पूर्ण खोप सुनिश्चितता र दिगोपनाको रणनीति अनुरुप खोज र खोप कार्यक्रमअन्तर्गत वर्षमा एक पटक घरधुरी सर्वेक्षण गर्ने प्रावधान छ । सोहि अनुसार चालु आर्थिक वर्षको पूर्णखोप सुनिश्चितता प्रमाणिकरण गरी पालिका स्तरमा घोषणा भएसँगै सिङ्गो जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरीएको प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख बुना कुमारी रिमाल, बेसीशहर नगरपालिका प्रमुख गुमान सिहं अर्याल, राइनास नगरपालिका प्रमुख खड्गवहादुर गुरुङ, मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, दोर्दीका अध्यक्ष युवराज अधिकारी, क्व्होलासोथार गाउँपालिका अध्यक्ष सुर्यप्रसाद गुरुङ, दुधपोखरी गाउँपालिका धनप्रसाद गुरुङ, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, जिल्ला समन्वय अधिकारी रोशन अर्याल, प्रदेश अस्पताल लमजुङका अध्यक्ष हरिजंग तामाङ, स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख एवम् स्वास्थ्य चौकी इन्चार्ज तथा स्वास्थ्यकर्मीहरु र स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति थियो ।

सहभागिहरुले अगामी दिनमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि प्रतिबद्धताका साथ हस्तक्षर गर्नुभएको थियो ।

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist