लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान सञ्चालन गरेको छ ।

स्वतन्त्रता, जनचेतना र भ्रष्टाचारविरुद्धको सन्देश फैलाउने उद्देश्यसहित युवाहरुले ‘स्वतन्त्र नागरिक जागरण अभियान’ सञ्चालन गरेका हुन । अभियान अन्र्तगत शनिबार र आइतबार जिल्लाका आठवटै पालिकामा जागरण अभियान सञ्चालन गरिएको अभियानकर्ता राजन परियारले जानकारी दिनुभयो । अभियानलाई आगामी दिनमा विभिन्न स्थानमा सञ्चालन गर्दै जाने उहाँले बताउनुभयो ।

अभियानको पहिलो दिन शनिबार सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका, दोर्दी गाउँपालिका र दुधपोखरी गाउँपालिकामा भ्रष्ट्राचार विरुद्ध नागरिकहरुसँग संवाद तथा जागरणसभा सञ्चालन गरिएको थियो । आइतबार मध्यनेपाल नगरपालिका, बेंसीसहर नगरपालिका, क्व्होलासोँथार गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकामा नागरिकसँग प्रत्यक्ष संवाद गरिएको थियो ।

अभियानको संयोजन ‘लमजुङ सेवा शक्ति’ नामक युवाहरूको समूहले गरेको गरिरहेको छ । स्थानीय तहदेखि केन्द्रसम्म मौलाएको भ्रष्टाचारप्रति खबरदारी गर्दै आम नागरिकलाई सचेत बनाउन अभियानले भूमिका खेलेको अभियानका संयोजक हरि पौडेलले बताउनुभयो ।

जेनजी आन्दोलनपछि स्वतन्त्र युवाहरुको अभियान सञ्चालन गर्न जापानमा रहनुभएका बेंसीसहर उदिपुरका अंशुल लोहनीलायतका युवाहरुले सामाजिक सञ्जालमा जागरण अभियान चलाउनुभएको थियो । लमजुङ सेवा शक्तिमा आवद्ध युवाहरुले दशैंका बेला लमजुङ तनहुँ सिमा क्षेत्र पाउँदी बजारमा यात्रुहरुलाई सहायताको काम पनि गरेका थिए ।

‘लमजुङ सेवा शक्ति’ ले यो अभियानलाई आगामी निर्वाचनसम्म निरन्तरता दिने जनाएको छ । जिल्लाको समग्र विकासका लागि नयाँ, स्वतन्त्र र उत्तरदायी नेतृत्वको खोजी अभियान पनि जारी राख्ने अभियानकर्ताहरुले बताएका छन् ।

अभियाननले लमजुङको राजनीतिमा नवीन सोच र युवाको संलग्नतालाई बढाउने र भ्रष्टाचारविरुद्ध नागरिकहरुमा जागरण ल्याउने अभियानका संयोजक पौडेलले बताउनुभयो ।

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist