राष्ट्रिय विभूति सरदार भक्ति थापाको २ सय ९ औँ स्मृति दिवस भब्यताका साथ मनाउने तयारी



लमजुङ । राष्ट्रिय विभूति सरदार भक्ति थापाको २ सय ९ औँ स्मृति दिवस भब्यताका साथ मनाउने तयारी गरिएकाे छ ।

भक्ति थापाकाे जन्मस्थल मर्स्याङदी गाउँपालिका-३ ढंगैबेंसीमा बैशाख ६ गते विविध कार्यक्रमका साथ स्मृति दिवस मनाउने तयारी गरिएकाे हाे ।

भक्ति थापा जन्मस्थल संरक्षण, सम्बद्र्धन तथा विकास समितिले भक्ति थापाको स्मृति दिवसकाे अबसरमा खुला आमा समूह नृत्य प्रतियोगिता, खुला महिला र पुरूष रसी तान्ने प्रतियोगिता र खुला पुरूष छेलाे हान्ने प्रतियोगिता आयोजना गरेको छ। 

खुला आमा समूह नृत्य प्रतियोगितामा प्रथम पुरस्कार १० हजार, द्वितीयलाई ७ हजार र तृतीयलाई ५ हजार राखिएकाे छ । प्रतियोगितामा सहभागी हुने टिमलाई १ हजार दिईने साँस्कृतिक उपसमितिकाे संयाेजक अमृता पाेखरेलले जानकारी दिईन् ।

यसैगरी खुला पुरूष रसी तान्ने प्रतियोगितामा प्रथमलाई ५ हजार र द्वितीयलाई ३ हजार, खुला महिला रसि तान्ने प्रतियोगितामा प्रथमलाई ४ हजार र द्वितीयलाई २ हजार पुरस्कार राखिएको छ । यस्तै खुला छेलाे हान्ने प्रतियोगितामा प्रथमलाई ३ हजार र पगरी, द्वितीयलाई २ हजार र पगरी र तृतीयलाई १ हजार र पगरी पुरस्कारको ब्यवस्था गरिएकाे खेलकुँद सञ्चालन उपसमितिका संयाेजक रवि थापाले जानकारी दिए ।

कार्यक्रम सम्पन्न गर्न विभिन्न ८ वटा उपसमिति गठन गरि तयारी गरिएकाे छ । तयारीका लागि साँस्कृतिक उपसमितिमा अमृता पाेख्रेल, प्रचारप्रसारमा देवेन्द्र भण्डारी, अतिथि सत्कारमा मुना गुरूङ, मञ्च निर्माण तथा सरसफाइमा हेमबहादुर तामाङ, आर्थिकमा हिरादेवि गुरूङ, प्रतिवेदन लेखनमा प्रेमबहादुर बस्नेत, चन्दादाता सम्मानमा तीर्थबहादुर बस्नेत र खेलकुँद उपसमितिमा रवि थापा संयाेजक रहेकाे समिति निर्माण गरि तयारी अघि बढाईएकाे छ ।
 
राष्ट्रिय विभूति सरदार भक्ति थापाको जन्मस्थल मर्स्याङदी-३ ढगैँबेसी र उहाँले गाईबस्तु चराएकाे र खेलेकाे हर्सिङडाँडाकाे प्रचारप्रसार र संरक्षणका लागि स्मृति दिवसमा विभिन्न कार्यक्रम आयोजना गरिएकाे भक्ति थापा जन्मस्थल संरक्षण, सम्बद्र्धन तथा विकास समितिका संयाेजक प्रेम बहादुर बस्नेतले जानकारी दिए ।

सरदार भक्ति थापाको जन्मस्थल ढगैबेसीको संरक्षरण तथा प्रर्वद्धनको लागि भक्ति थापा पार्क निर्माणाधिन अवस्थामा रहेको छ भने गाउँपलिको वडा नं. ३ मा अवस्थित हर्सिङडाँडालाई उत्कृष्ट पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न गाउँपालिका लागिपरेको छ ।

भक्ति थापा पार्क र हर्सिङडाँडाकाे पर्यटकीय संरचनाहरूकाे विकासमा संघ र प्रदेश सरकारले यथाेचित सहयाेग गर्न नसकेकाे गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनले तीन वटै सरकारकाे सहयाेग र अन्य सहयाेगी दातासमेतलाई समेटेर यस क्षेत्रकाे विकासमा लागिपर्न सबैपक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जाेड दिए।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist