लमजुङ । राष्ट्रिय विभूति सरदार भक्ति थापाको २ सय ९ औँ स्मृति दिवस भब्यताका साथ मनाउने तयारी गरिएकाे छ ।
भक्ति थापाकाे जन्मस्थल मर्स्याङदी गाउँपालिका-३ ढंगैबेंसीमा बैशाख ६ गते विविध कार्यक्रमका साथ स्मृति दिवस मनाउने तयारी गरिएकाे हाे ।
भक्ति थापा जन्मस्थल संरक्षण, सम्बद्र्धन तथा विकास समितिले भक्ति थापाको स्मृति दिवसकाे अबसरमा खुला आमा समूह नृत्य प्रतियोगिता, खुला महिला र पुरूष रसी तान्ने प्रतियोगिता र खुला पुरूष छेलाे हान्ने प्रतियोगिता आयोजना गरेको छ।
खुला आमा समूह नृत्य प्रतियोगितामा प्रथम पुरस्कार १० हजार, द्वितीयलाई ७ हजार र तृतीयलाई ५ हजार राखिएकाे छ । प्रतियोगितामा सहभागी हुने टिमलाई १ हजार दिईने साँस्कृतिक उपसमितिकाे संयाेजक अमृता पाेखरेलले जानकारी दिईन् ।
यसैगरी खुला पुरूष रसी तान्ने प्रतियोगितामा प्रथमलाई ५ हजार र द्वितीयलाई ३ हजार, खुला महिला रसि तान्ने प्रतियोगितामा प्रथमलाई ४ हजार र द्वितीयलाई २ हजार पुरस्कार राखिएको छ । यस्तै खुला छेलाे हान्ने प्रतियोगितामा प्रथमलाई ३ हजार र पगरी, द्वितीयलाई २ हजार र पगरी र तृतीयलाई १ हजार र पगरी पुरस्कारको ब्यवस्था गरिएकाे खेलकुँद सञ्चालन उपसमितिका संयाेजक रवि थापाले जानकारी दिए ।
कार्यक्रम सम्पन्न गर्न विभिन्न ८ वटा उपसमिति गठन गरि तयारी गरिएकाे छ । तयारीका लागि साँस्कृतिक उपसमितिमा अमृता पाेख्रेल, प्रचारप्रसारमा देवेन्द्र भण्डारी, अतिथि सत्कारमा मुना गुरूङ, मञ्च निर्माण तथा सरसफाइमा हेमबहादुर तामाङ, आर्थिकमा हिरादेवि गुरूङ, प्रतिवेदन लेखनमा प्रेमबहादुर बस्नेत, चन्दादाता सम्मानमा तीर्थबहादुर बस्नेत र खेलकुँद उपसमितिमा रवि थापा संयाेजक रहेकाे समिति निर्माण गरि तयारी अघि बढाईएकाे छ ।
राष्ट्रिय विभूति सरदार भक्ति थापाको जन्मस्थल मर्स्याङदी-३ ढगैँबेसी र उहाँले गाईबस्तु चराएकाे र खेलेकाे हर्सिङडाँडाकाे प्रचारप्रसार र संरक्षणका लागि स्मृति दिवसमा विभिन्न कार्यक्रम आयोजना गरिएकाे भक्ति थापा जन्मस्थल संरक्षण, सम्बद्र्धन तथा विकास समितिका संयाेजक प्रेम बहादुर बस्नेतले जानकारी दिए ।
सरदार भक्ति थापाको जन्मस्थल ढगैबेसीको संरक्षरण तथा प्रर्वद्धनको लागि भक्ति थापा पार्क निर्माणाधिन अवस्थामा रहेको छ भने गाउँपलिको वडा नं. ३ मा अवस्थित हर्सिङडाँडालाई उत्कृष्ट पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न गाउँपालिका लागिपरेको छ ।
भक्ति थापा पार्क र हर्सिङडाँडाकाे पर्यटकीय संरचनाहरूकाे विकासमा संघ र प्रदेश सरकारले यथाेचित सहयाेग गर्न नसकेकाे गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनले तीन वटै सरकारकाे सहयाेग र अन्य सहयाेगी दातासमेतलाई समेटेर यस क्षेत्रकाे विकासमा लागिपर्न सबैपक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जाेड दिए।

लोकदृश्य
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link